धनुषाधाममा हात्ती आतंक, मेयर मण्डलले राहत दिने
यसका साथै, मेयर मण्डलले सावधानी साथ बस्न स्थानीय वासिन्दालाई आग्रह समेत गरे । मेयर मण्डलले स्थानीय प्रशासनसँग सो वस्तीलाई सुरक्षा प्रदान गरिदिन आग्रह गरेका हुन् ।

२०७७ माघ २६ सोमबार, बिहान ११:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा यतिबेला जँगली हातीले आतंक मच्चाएको छ ।
धनुषाधाम नगरपालिका वडा नम्बर ९ कैठिनियामा जंगली हाती आतंक मच्चाएका छ्न । नगर प्रमुख बालेश्वर मण्डलले स्थलगत निरक्षण गरेका हुन ।
धनुषाधाम नगरपालिकाको उतरी भेगमा रहेको कैठिनिया टोलमा हात्तिले ८ ओटा घरमा ठूलो क्षति पुरयाएको छ । घरभित्र पसेर टिभिहरुलाई तोडफोड गरेका हुन । घर भित्र भएको चामल,दाल लगायत अन्य सबै सामग्रीहरुमा क्षति पुरयाएको हो ।
न्युज ब्युरो संग कुराकानी गर्दै मेयर मण्डलले भने,–“हामीलाई घटनाको बारेमा जानकारी हुन बितिकै तुरुन्तै स्थलगत निरक्षण गरेका छौ र नगरपालिकाबाट खाधन्न सामग्रीहरु राहत लिएर पनि क्षति भएको परिवारमा बितरण गर्ने छौ ।”
यसका साथै, मेयर मण्डलले सावधानी साथ बस्न स्थानीय वासिन्दालाई आग्रह समेत गरे । मेयर मण्डलले स्थानीय प्रशासनसँग सो वस्तीलाई सुरक्षा प्रदान गरिदिन आग्रह गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…