मधेश आन्दोलनका शहिद साहकी छोरीलाई क्यान्सर, 'प्रदेश सरकारले रुवायो'
यता, प्रदेश २ सरकारले विभिन्न समयमा शहिद परिवारबाट एक÷एक जनालाई जागिर, आर्थिक सहयोग, सम्मान विभिन्न समयमा गर्दै आएको छ ।

२०७७ माघ २२ बिहीबार, बिहान ९:२९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रथम मधेश आन्दोलनको क्रममा शहिद भएका एक शहिदकी छोरीलाई क्यान्सर भएको छ ।
मधेश आन्दोलनमा आफ्नो ज्यानको आहुति दिएका शहिद रामनारायण साहकी १७ बर्षिय छोरी करिश्मा कुमारी साहलाई क्यान्सरले सताएको हो । उनी क्यान्सरले सिकिस्त भएपछि उनको घरको अवस्था दयनीय भएको छ ।
प्रदेश २ सरकारले शहिद परिवारहरुको लागि विभिन्न समयमा चालेको कदम र सहयोग भने रामनायणको परिवारसम्म नपुगेको बताइएको छ । मधेश आन्दोलनको क्रममा शहिद भएका शहिद रामनारायण साहको परिवारलाई अहिले प्रदेश सरकार, स्थानीय सरकारको खाँचो महसुस हुँदा सरकारको दृष्टि भने परेको छैनन् ।
शहिद साहकी १७ बर्षीय छोरी करिश्मा कुमारी साह विगत ६ महिना भन्दा बढी समय देखि क्यान्सर रोगले पिडीत रहेको उनका काका बेचन साहले बताए । साहका अनुसार अहिलेसम्म कुनै निकाय अथवा कुनै नेताले सहयोग गरेको छैनन्, यहाँसम्म की भेटघाट पनि गरेको छ्रैनन् ।
सहिद साहकी पत्नी करिश्माको उपचारका लागि सहयोग गर्दिन विभिन्न निकायहरु र ठुला नेताहरुको ढोकामा दिनहु भौतारी रहदा पनि अश्वासन बाहेक अरु केही पाएकी छैनन् ।
२०६२/०६३ को आन्दोलनको क्रममा उपेन्द्र यादवले अह्वान गरेको आन्दोलको क्रममा रामनारायणलाई प्रहरीको गोली लागेर शहिद भएको बताउँदै बेचनले अहिलेसम्म एक दिनपनि यादव आफूहरुलाई भेट गर्न नआएको गुनासो पोखे ।
मधेश आन्दोलन र मधेशी शहिदहरुको लासलाई टेकेर मन्त्रीसम्म भएका तथा अहिले ठुल ठुला नेता बनेका नेताहरुसँग समेत सहयोगको लागि अपिल गर्दा कसैले सहयोग नगरेको गुनसो बेचनको छ । बेचनल भने,–“के मेरो दाई उपेन्द्र यादव र उनका नेताहरुको परिवारका लागि मात्रै शहादत दिएका थिए ? जो उनीहरुले आफ्नो महल ठड्याउन र आफ्ना मान्छे लाई मात्र जागीर लगाउन प्रयोग गरे ?”
आन्दोलनको क्रममा रामनारायण शहिद भएपछि आमाको दिमागी हालत खराब भएको बताउँदै त्यसको केही दिन पछी बुवा समेत परालाइज्ड भएको दुःखेसो पोखे । “अब भतिजी लाई क्यासरको बिमारीले सताउदै छ , नेताहरु स्वार्थी त भए भए हाम्रो लागि भगवान पनि निर्दयी बनेको छ ।”–उनले भने ।
गत माघ ५ गते बलिदानी दिवसमा समेत करिश्माकी आमा (बेचनकी भाउजु) जनकपुर आउँदा तीनदिनसम्म बस्न बाध्य हुँदा पनि केही सहयोग नगरेको दुःखेसो पोखे । उनले भने, “तीन दिन सम्म जनकपुरमै पर्खीन, मुख्यमन्त्रीले चेक बनिसकेको छ भन्नूभयो तर, फर्किदा खालि हात नै फर्किनु पर्यो । अब हामी संग पैसाको अभाव छ ।”
भतिजीको उपचारको लागि ४÷५ लाख जति ऋण पनि लिनुपर्ने समेत बाध्यता आएको बताउँदै बेचनले ऋण लिएपनि साहुलाई तिर्ने चिन्ताले सताएको बताए । उनले प्रदेश सरकारले केही पनि सहयोग नगरेको दाबी गरे ।
यता, प्रदेश २ सरकारले विभिन्न समयमा शहिद परिवारबाट एक÷एक जनालाई जागिर, आर्थिक सहयोग, सम्मान विभिन्न समयमा गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…