न्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजगारीको क्रममा विदेशमै ज्यान गुमाएका धनुषाका एक पीडित परिवारलाई राहत सहयोग गरिएको छ ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीको जनमत युवा ग्रुपद्धारा पीडित परिवारलाई आर्थिक सहयोग गरिएको हो । विदेशमा रहेका जनमत ग्रुपका युवाहरुले धनुषाको हँसपुर नगरपालिका वडा नं. २ बस्ने मखु मुखियाको परिवारलाई आर्थिक सहयोग गरेको हो ।
हँसपुर नपा वडा नं. २ को मखु मुखिया १० बर्ष अघी बैदेशिक रोजगरको सिलसिलामा सऊदी अरब गएकोमा केही दिनमै उनको मृत्यू भएको थियो । मुखियाको मृत्यूपछि उनका घर परिवारले सबै सम्पत्ति बेचेर कर्जा चुक्ता गरेपछि अवस्था दयनीय बन्दै गएको बताइएको छ ।
सबै सम्पत्ति घर घडेरी बेचेपछि अहिले सार्वजनिक जग्गामा बसोबास गर्दै आएको मुखिया परिवारलाई जनमत युवा ग्रुपले ४० हजार रुपैयाँ सहयोग गरेको हो । मृतक मुखियाकी श्रीमति र ४ छोरीहरु छन् ।
मकु मुखीयको छोरीको बिहेको लागी त्यहाँको स्थानीय युवा महेश कुमार यादव लगायतका युवाहरुले ४० हजार रुपैयाँ सहयोग गरेको हो ।
यस समितिका अध्यक्ष महेश कुमार यादव, कोषाध्यक्ष राजा राम यादव, सचिव अजय कुमार यादव सहित सदस्यहरु बिदिया कु. यादव, उमेस कुमार यादव, संतोष कु यादव, रूपेश कु यादव, राजा राम यादव, समसुन अंसारी मलेसियाबाट सहयोग गरेका छन् ।
यस्तै, तनुक लाल यादव, अर्जुन कुमार यादव, गंगा कुमार यादव, राकेश कुमार यादव, बिजय कुमार यादव, दिनेश कु यादव, सरवन कु यादब, महिता मुखिया, दिनेश कु सदा लगायतले सहयोग गरेका हुन् ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…