माध्यमिकी परिक्रमा आज भारतको कल्याणेश्वरमा
न्यूज ब्यूरो || जनकपुरधाम, ३ फागुन । मिथिलाको महाकुम्भ मानिने ऐतिहासिक १५ दिने धार्मिक माध्यमिकी परिक्रमा आज भारतको कल्याणेश्वरमा विश्राम लिएको छ । परिक्रमाको धार्मिक लस्कर आज भारतको कल्याणेश्वरमा राती विश्राम गर्नछन भने भोली शुक्रबार गिरिजास्थानको लागि प्रस्थान गर्नेछन् । फागुन कृष्णपक्षको औंसीमा क

२०७४ फागुन ३ बिहीबार, दिउँसो १२:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ३ फागुन । मिथिलाको महाकुम्भ मानिने ऐतिहासिक १५ दिने धार्मिक माध्यमिकी परिक्रमा आज भारतको कल्याणेश्वरमा विश्राम लिएको छ ।
परिक्रमाको धार्मिक लस्कर आज भारतको कल्याणेश्वरमा राती विश्राम गर्नछन भने भोली शुक्रबार गिरिजास्थानको लागि प्रस्थान गर्नेछन् ।
फागुन कृष्णपक्षको औंसीमा कचुरी मठबाट भगवान राम र जानकीको डोला सहित परिक्रमा सुरु भएको हो ।
हिजो बुधबार राति धनुषाको हुनमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु आज विहिवार विहान पुजापाठ गरी भारत बिहारको कल्याणेश्वर प्रस्थान गरेका छन् ।
फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकीमन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवतरुपमा सुरुवात भएको हो ।
परिक्रममा सहभागी श्रद्धालुहरुले १ सय २० किलो मिटरको सहित ५ कोसी परिक्रमाको दुरी तय गर्ने गर्छन् ।
नेपाल(भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमायात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छ ।
धार्मिक लस्कर आज कल्याणेश्वर विश्राम गरी भोली गिरिजास्थानको लागि प्रस्थान गर्नेछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…