सर्लाहीका ५०० विपन्न परिवारलाई फाईबर सिरक
आफुहरुले परोपकार तथा मानवीय सहयोगको कार्य गरेको हो, दौतरी संस्थकी उत्तरा मानन्धरले बताइन ।

२०७७ माघ १३ मंगलबार, बिहान १०:४० बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । चिसोका कारण अत्यन्त कष्टकर जीवन जिउन बाध्य हुदै आएका सर्लाही चन्द्रनगर गांउपालिकाका ५०० विपन्न परिवार, एकल महिला र अपाडलाई दौतरी संस्थाको सहयोग तथा भोरको पहलमा गुणस्तरीय फाइवर सिरक वितरण गरिएको छ ।
स्थानिय सरकारबाट पनि उपेक्षित मसुहर, चमार, दुधास, डोम, मुस्लिम तथा अन्य समुदायका अति विपन्न परिवार र सबै जातिका विपन्न एकल महिला तथा अपाड।लाई सो फाइबर सिरक वितरण गरिएको छ ।
विगत केही दिनदेखि लगातार जाडोका कारण आफूहरु कष्ठकर जिवन बिताउदै आएको मुसहर समुदाय नागरिक अघनु माझी ले बताए । देशमा तिन तहका सरकार निमार्ण भएपनि हाम्रो दुख बुझन दलित बस्तीमा कहिले कोही नआएको गुनासो गरे ।
जाडोमा न्यानो कपडा नएका कारण बालबालिकाहरु कठयग्रिएको जाडोमा रातभरी सुत्न नपाएको बताए । हामी गरिब भएका कारण हाम्रो कोही नभएको र जाडोमा कहि कतैबाट न्यानो कपडा र एक छाक खानाको सहयोग नपाएको कारण हामी भुकै मर्ने स्थितिमा पुगेको बताए ।
चुनावको समयमा नानाथरीका भाषण र कुरा गरेका राजनितिककर्मीहरु चुनाव सकिए पछि दोस्रो दलित बस्तीमा आएका छैन । चुनावमा हाम्रै भोटले जनप्रतिनिधि र स्थानिय सरकार निमार्ण भएपनि उहाँहरुबाट कुनै किसिमको न्यानो कपडा र राहत नपाएको दुखेसो पोखे । हामी गरिब नागरिकहरुको जाडोका कारण रोजगारी गुमेका कारण घरको चुल्हो बल्ने स्थितिमा समेत नरहेको मुसहर समुदायकी एक महिलाले बताईन ।
घरमा ससना बालबालिकाहरु भएको र आम्दनीको स्रोत न्यून भएका कारण परिवारको जिवकोपार्जन गर्न सास्ती खेप्नुपरेपनि कही कतैबाट सहयोग नपाएको गुनासो गरिन।
हामीहरुको आर्थिक अवस्था कमजोर भएका कारण बालबालिकाहरुको विद्यालयमा पठाउन नसकेको अर्को मुसहर महिलाले बताईन । हामीलाई खान लाउनमा धेरै समस्या भएको र जाडोको समयमा हामीहरु अझ बढी प्रभावित हुने गरेको बताईन । हामी गरिब दुखीया भएका कारण जाडोको महिनामा हामीहरु न्यानो कपडा र दुईछाक खानाको चरम अभाव हुने गरेको लटु माझी मुसहर ले बताए ।
दौतरी संस्थाको सहयोग, स्थानिय समाजिक भोर लगायत स्थानिय नागरिक अगुवा, समाजसेवीको पहलमा चन्द्रनगर गांउपालिकामा ४९० परिवारलाई न्यानो सिरक वितरण गरिने कार्यक्रम गरिएको सहयोगी संस्था दौतरी अध्यक्ष सम्पन्न स्थापीतले बताए ।
हामीले जाडोमा न्यानो कार्यक्रम ल्याएका छौ, यो कार्यक्रम मार्फत नवलपरासी जिल्लामा अतिविपन्न परिवारका विद्यार्थीहरुलाई ज्याकेट र अभिभावकहरुलाई न्यानो सिरक वितरण गरेका छौं। एक महिना अगाडी सर्लाहीकै ईश्वरपुर नपा १ मा ४०० परिवारलाई पुग्ने गरी सिरक वितरण गरिसकेको बताए ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा जाडोका कारण प्रभावित भई कष्ठकर जिवन बिताउन बाध्य हुदै आएको ४९० परिवारलाई न्यानो सिरक वितरण गरिएको भोर नेपालको संस्थापक अध्यक्ष राजकुमार महतो ले बताए ।
विगतका वर्षहरुमा र यस वर्षमा पनि अत्याधिक चिसोको कारण विपन्न परिवारका कतिपय व्यक्तिहरुले ज्यान गुमाउनु नपरोस भनेर उहाँहरुको जिवन रक्षाका लागि हामीले आवश्यकतामा रहेका विपन्न परिवार तथा जोखिम समुहका व्यक्तिहरुलाई चिसोबाट जोगउन फाइवर सिरक वितरण कार्यक्रमहरु गरिरहेको बताए ।
आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको अभियानमा केन्द्रित भोर संस्थाले विपद बेला र जोखिममा रहेका परिवार तथा वर्गलाई मानवीय सहायता पनि निरन्तर प्रदान गर्ने आफनो जिम्मेवारी अनुरुपनै उक्त फाइवर सिरक सहयोगको पहल गरेको भोरका संस्थापक राज कुमार महतोले बताए ।

विगतका वर्षहरुमा र यस वर्षमा पनि अत्याधिक चिसोको कारण विपन्न परिवारका कतिपय व्यक्तिहरुले ज्यान गुमाउनु परेको कारणले हामीले आवश्यकतामा रहेका विपन्न परिवार तथा जोखिम समुहका व्यक्तिहरुलाई चिसोबाट जोगउन फाइवर सिरक सहयोगको लागि पहल गरेका थियौ र दौतरी संस्थाले हाम्रो आग्रहमा सहयोग गरेको, भोरका अध्यक्ष पचुलाल माझीले बताए ।
चन्द्रगर गांउपालिकाका वडा नम्बर १, २, ३ ४ का ५०० परिवारमा चिसोबाट जोगाउन फाइवर सिरक वितरण गरीएको भोरका कोषाध्यक्ष उमेश कुमार साहले जानकारी दिए । वडा नम्बर ७ का सिरक वितरणलाई शिवनाथ राउतले संयोजन गरेको थियो ।
चन्द्रनगर गांउपालिका, वडा नम्बर २ को वडा अध्यक्ष राम नारायण महतोले १० माघको दिन बबरगंज मुसहर बस्तीबाट फाइवर सिरक वितरणको शुभारम्भ गर्दै भोरको पहल र दौतरीको सहयोगमा प्रदान गरिएको सहयोगको प्रसंशा गरे ।
दौतरीको मानवीय सहयाताको लागि चन्द्रनगर गांउपालिका वडा नम्बर २ को कार्यालयले प्रसंशा पत्र समेत प्रदान गरेको, वडा अध्यक्ष राम नारायण महतोले जानकारी दिए ।
समाजिक स्तरबाट प्रदान गरिएको मानवीय सहयोग गर्ने कार्य स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारको रहेको बताउदै, आफुहरुले परोपकार तथा मानवीय सहयोगको कार्य गरेको हो, दौतरी संस्थकी उत्तरा मानन्धरले बताइन ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…