धमाधम बन्द हुन थाले विद्यालयहरु
त्यसै गरि परोहा नगरपालिकाको मेयर शेख वकिलले चिसो कै कारण नगरको विद्यालयहरु बन्द गरिने निर्णय

२०७७ माघ ४ आइतबार, राति ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । अत्याधिक चिसो बढेसँगै रौतहटको समुदायिक तथा निजि विद्यालयहरु धमाधम बन्द गर्न निर्णय गरिन थालेको छ। रौतहटको गौर, गरुडा,राजपुर र परोहा नगरपालिकाको सबै विद्यालयहरु शीतलहरका कारण तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको हो ।
एक सातादेखि चलेको शीतलहरका कारण सो नगरपालिकाहरुले ले आइतबार एक सूचना जारी गर्दै अत्यधिक चिसोको कारण बालबालिकामा कोरोना भाइरस कोभिड १९ को थप जोखिमको सम्भावना उच्च हुन देखिएकोले गौरको सबै सामुदायिक तथा निजि विद्यालय मंसिर ७ गते (बुधबार) सम्म बन्द गरिएको नगर प्रमुख अजय गुप्ताले बताएका छन ।
गुप्ताले बर्से र्बिदाबाट कटा हुने गरि बिदा दिईएको बताए । त्यसै गरि गरुडा नगरपालिकाका विद्यालयहरु पनि आउदो ६ गतेसम्म बन्द रहने मेयर इनु राय यादवले बताए ।साथै रौतहटको राजपुर नगरपालिका विद्यालयहरु पनि ६ गते सम्म बन्द गरिने निर्णय गरिएको मेयर सकिल अक्तरले बताएको छ ।
त्यसै गरि परोहा नगरपालिकाको मेयर शेख वकिलले चिसो कै कारण नगरको विद्यालयहरु बन्द गरिने निर्णय गरिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…