छोरोका जन्मदिनमा काँग्रेसकी नेतृ अन्जु झा द्धारा कम्बल र तोसक
नेतृ एवम् कुशल समाजसेवी मानिएकी अंजु झा हरेक वर्ष आफ्नो छोराको जन्मदिनको अवसरमा विभिन्न समाजिक कार्यकम्र गर्दै आएकी छन् । ‘आफ्नो खुशी साट्ने र समाजका लागि एक छोटो प्रयास गरेछु र थप समाजसेवा गर्न मौका पायोस’ उनले भनिन् ।

२०७७ पुस २९ बुधबार, बिहान ९:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । नेपाली कांग्रेसका प्रभावशाली एवम् समाज सेवी महिला नेत्री अंजु झा ले आफ्नो छोराको जन्मदिन अवसरमा विपन्नहरुलाई न्यानो बाँडेकी छन् ।
उनले आफ्नो कान्छो छोराको जन्मदिनको अवसरमा रौतहटको ईशनाथ नगरपालिकावासीलाई न्यानो राहत वितरण गरेकी हुन् ।
ईशनाथ नगरपालिका वार्ड नं.९ डुमरिया र गौरमा कम्बल र तोसक न्यानो राहत वितरण कार्यक्रमको आयोजना गरिएको थियो ।
गौरको ठुलो बजारको प्राथमिक विधयालयमा आयोजित वितरण कार्यक्रममा ईशनाथ नगरपालिकाकै ६५ जना गरिब तथा विपन्न परिवारलाई १ थान कम्बल र १ थान डस्ना बितरण गरिएको गरिएको हो । त्यसै गरि ईशनाथमा भएको कार्यक्रममा ४२ जना गरिब र बिपन परिवारलाई न्यानो कम्बल र तोसक वितरण गरिएको जनाइएको छ ।
गौरको वितरण कार्यक्रम त्यसपछि ईशनाथ नगरपालिका ९ डुमरियामा समेत वितरण कार्यक्रम आयोजित गरी विपन्न परिवारहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
नेतृ एवम् कुशल समाजसेवी मानिएकी अंजु झा हरेक वर्ष आफ्नो छोराको जन्मदिनको अवसरमा विभिन्न समाजिक कार्यकम्र गर्दै आएकी छन् । ‘आफ्नो खुशी साट्ने र समाजका लागि एक छोटो प्रयास गरेछु र थप समाजसेवा गर्न मौका पायोस’ उनले भनिन् ।
झाकी कान्छो छोरा मिसल झाको जन्मदिनको अवसरमा गरिब, विपन्न, असहायलाई न्यानो राहत दिएकी हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…