जनकपुरमा राजसँस्था फर्काउन जुलुस
पार्टीका केन्द्रीय सदस्य, मनोज मल्ल , श्रवण कुमार झा , नथुनी लाल दास , ज्ञानेन्द्र कुमार शाह, प्रमोद गोयनका, राज कुमारी शाह, राम नरेश यादव , जिल्ला अध्यक्ष , राम चन्द्र यादव , उपाध्यक्ष दिलीप शाह, सचिव कमलेश मण्डल , कोषाध्यक्ष आनन्द शाह लगायतको नेतृत्वमा सो जुलुस निकालिएको थियो ।
२०७७ पुस २६ आइतबार, राति ८:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा राजावादीहरुले जुलुस प्रदर्शन गरेको छ । उनीहरुले राजसँस्था फर्काउन माग गर्दै जुलुस प्रदर्शन गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आईतबार जनकपुरमा मोटरसाईकल जुलुस निकालेर राजसँस्था फर्काउनुपर्ने नारा लगाएका हुन् । उनीहरुले वर्तमान सरकार असफल भएको भन्दै राजसँस्थाको पुनः स्थापनाको माग गरेका छन् ।
उनीहरुले हिन्दु राष्ट्र , राज संस्था , भ्रष्टाचारलाई कार्वाही गर ,धर्म परिवर्तन बन्द गर मुल नाराको साथ जिल्ला कार्य समिति धनुषाको संयोजकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जनकपुरमा मोटरसाइकल जुलुस प्रदर्शन गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य, मनोज मल्ल , श्रवण कुमार झा , नथुनी लाल दास , ज्ञानेन्द्र कुमार शाह, प्रमोद गोयनका, राज कुमारी शाह, राम नरेश यादव , जिल्ला अध्यक्ष , राम चन्द्र यादव , उपाध्यक्ष दिलीप शाह, सचिव कमलेश मण्डल , कोषाध्यक्ष आनन्द शाह लगायतको नेतृत्वमा सो जुलुस निकालिएको थियो ।
पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र यादवको अगुवाईमा जनकपुरधामको रेल्वे स्टेशनबाट सुरु भएको मोटरसाइकल रयाली सयौंको संख्यामा विभिन्न चोक घुम्दै जनक चौकमा कोणसभा परिणत भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
अनितेश यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…