प्रदेश २ः घरमा आगलागी हुँदा ८ वर्षे बालकको जलेर मृत्यु !
घरमा निदाएको बच्चालाई एक्लै छोडेर आमाबुबा बजार गएका थिए ।

२०७७ पुस २२ बुधबार, राति ९:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका ७ मा बिहिबार आगलामीमा परेर ८ वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रसिद राइनको ८ वर्षे छोरा जाविर राईन रहेको प्रहरीले जनाएको छ ।
घरमा निदाएको बच्चालाई एक्लै छोडेर आमाबुबा बजार गएका थिए । घरमा बलिरहेको घुरबाट आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीयको सहयोगमा साँझ आगलागी नियन्त्रणमा लिएका छन् । ५ लाख बराबरको धनमाल पनि क्षति भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…