मण्डललाई 'अपन मिथिला समाज' को सहयोग
न्यूज ब्यूरो || जनकपुरधाम, २ फागुन । खाडी मुलुकमा रहेर सहयोगको भावना बोकी सक्रिय रहेका नेपाली युवाहरु निरन्तर सहयोगमा जुटेका छन् । बैदेशिक रोजगारीको शिलशिलामा सउदी, कतार, दुबई, मलेसिया लगायत अन्य देशहरुमा छरिएर रहेका युवाहरु परेका बेला नेपालीलाई भौतिक तथा आर्थिक सहयोग गर्दै आएको छ । मधेसी मूलका केही

२०७४ फागुन २ बुधबार, बिहान ९:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २ फागुन । खाडी मुलुकमा रहेर सहयोगको भावना बोकी सक्रिय रहेका नेपाली युवाहरु निरन्तर सहयोगमा जुटेका छन् ।
बैदेशिक रोजगारीको शिलशिलामा सउदी, कतार, दुबई, मलेसिया लगायत अन्य देशहरुमा छरिएर रहेका युवाहरु परेका बेला नेपालीलाई भौतिक तथा आर्थिक सहयोग गर्दै आएको छ ।
मधेसी मूलका केही नेपालीहरुले अपन मिथिला सेवा समाज सहयोगी सँस्था मार्फत अति विपन्न तथा वैदेशिक रोजागरी पीडितलाई सहयोग गर्दै आएको छ ।
यसैक्रममा अपन मिथिला सेवा समाजले महोत्तरीका सँतोष मण्डललाई समेत भौतिक पहल सहित आर्थिक सहयोग गरेका छन् ।
महोत्तरीको खैरवा वडा नं. ५ बस्ने राम स्वरुप मण्डलको वर्ष २६ का सँतोष मण्डललाई आपतको बेला सहयोग गरेको हो ।
वैदशिक रोजगारीको शिलशिलामा मलेसियाको सेलागर जिल्ला स्थित एइक जू क्यान फ्याक्टरीमा कार्यरत मण्डललाई स्थानीय डाँकाहरुले लुटपाट गरेका थिए ।
लुटपाटसँगै मण्डल उपर धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाएकोमा कार्यरत कम्पनीले कुनै प्रकारको पहल नगरेपछि अपन मिथिला समाज जनकपुरका युवाहरुले आफनो पहलमा स्वदेश फिर्ता सहित आर्थिक सहयोग समेत गरेका हुन् ।
समाजले मण्डललाई १ हजार ५ सय ५१ मलेसियन रिंगेट अर्थात ४० हजार ६ सय रुपैंया आर्थिक सहयोग गरेका हुन् ।
आर्थिक सहयोग सहित भौतिक सहयोग पाएपछि मण्डल खुसी हुँदै अपन मिथिला समाज जनकपुरलाई आभार प्रकट गरे ।
विपत्तिमा परेका नेपालीहरुलाई सहयोगकै लागि यो सँस्थाको गठन गरिएको समाजका राम बाबू मण्डलले जनाए । ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…