बिओपी धनौजीद्धारा करिब अढाई लाख बराबरको औषधी पक्राउ
सशस्त्र प्रहरीका बिओपी धनौजीका ईन्चार्ज एवम् प्रहरी नीरिक्षक (ईन्सपेक्टर) रवि बस्नेतको कमाण्डमा गएको ७ जनाको मोबाइल टोलीले भारतबाट अवैद्य रुपमा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

२०७७ पुस १५ बुधबार, बेलुकी ६:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको नेपाल भारत सीमा स्थित रहेको बिओपी धनौजीले भारी परिणामा अवैद्य औषधी पक्राउ गरेको छ ।
बिओपी धनौजीबाट खटेको सशस्त्र प्रहरीको टोलीले धनुषाको धनौजी गाउँपालिका वडा नं. ४ भडरिया स्थितबाट २ लाख ३७ हजार ५५६ बराबरको औषधी बरामद गरेको हो ।
सशस्त्र प्रहरीका बिओपी धनौजीका ईन्चार्ज एवम् प्रहरी नीरिक्षक (ईन्सपेक्टर) रवि बस्नेतको कमाण्डमा गएको ७ जनाको मोबाइल टोलीले भारतबाट अवैद्य रुपमा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
ईन्स्पेक्टर बस्नेतका अनुसार, प्रहरी टोलीलाई देख्ने वित्तिकै भन्सार छली गरी ल्याउँदै गरेको औषधी छाडेर व्यक्ति भागेको थियो ।
सो क्रममा Vibl ३०० पिस, Ipravent २० पिस , DD 50 १४६ पिस , .Zenegera २० पिस, pantraprazol २० पिस , Loboderm ५९ पिस , Jalim lotion १० पिस लगायतका औषधीहरु बरामद गरिएको र कारवाहीको लागि भन्सार कार्यालय जनकपुर पठाइएको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…