धनुषाः पूर्वपश्चिम राजमार्गमा युवा सँजालको जेब्रा क्रसिँग
सडक दुर्घटना कम गर्न र नगर आम नागरिकलाई जेब्रा क्रसिङको बारेमा जानकारी होस भनेर नगर युवा संजालले सो कार्य आफनै आर्थिक सहयोगमा मँगलबार सम्पन्न गरेका हुन ।

२०७७ पुस १४ मंगलबार, राति ९:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नगर युवा संजाल गणेशमान चारनाथ नपा धनुषाले नगरपालिकाको सदरमुकाम विरेन्द्रबजारमा जेब्रा क्रसिङ बनाएका छन् ।
इलाका प्रहरी कार्यालय विरेन्द्रबजारको ट्राफिक प्रहरीहरुको प्राविधिक सहयोगमा संजालले ४ ठाउँमा जेब्रा क्रसिङ बनाएका हुन ।
ट्राफिक प्रहरीका असइ सूर्यनारायण महतो र हबलदार महेश मण्डलले प्राविधिक सहयोग गरेका थिए । गणेशमान चारनाथ नपाको सदरमुकाम विरेन्द्रबजारको हाथी चोक, बजार लाग्ने ठाउँ, कपडा बजार र छौघरियाको गोल घर नजिक संजालका युवाहरुले जेब्रा क्रसिङ बनाएका छन् ।
नगर युवा संजालका अध्यक्ष रमेशलाल यादवको नेतृत्वमा संजालका पदाधिकारी तथा सदस्य युवाहरुले महेन्द्र राजमार्गको विभिन्न ठाउँमा दुर्घटना न्युनिकरण गर्न तथा मानिसहरुलाई सडक पार गर्न जेब्रा क्रसिङको कारण सहज हुने गर्दछ ।
सडकमा जेब्रा क्रसिङ भएको ठाउँमा गतिमा रहेका गाडीहरु नियन्त्रणमा आउने गर्दछ । यसले गर्दा सडक दुर्घटनामा कमी आउने गरेको ट्राफिक प्रहरी सूर्यनारायण महतोले बताए ।
सडक दुर्घटना कम गर्न र नगर आम नागरिकलाई जेब्रा क्रसिङको बारेमा जानकारी होस भनेर नगर युवा संजालले सो कार्य आफनै आर्थिक सहयोगमा मँगलबार सम्पन्न गरेका हुन ।
नगर युवा संजालका पदाधिकारीहरु अध्यक्ष रमेशलाल यादव, उपाध्यक्ष सुभाष दर्नाल, सहसचिव भुपाल राण मगर, सदस्यहरु अशोक साह, राम करण यादव, सृजन बुर्जा र प्रमोद पासवान लगायतका युवाहरुले जेब्रा क्रसिङ बनाउन सहयोग गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…