प्रतिनीधि सभा पुनःस्थापनाको माग गर्दै जनकपुर सहित प्रदेशभरि जसपाको प्रदर्शन
सो क्रममा जसपाका नेता एवम् प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री जीतेन्द्र सोनल, सर्लाहीका साँसद प्रमोद साह लगायत नेता तथा कार्यकर्ताहरुले विभिन्न नारा लगाउँदै प्रदर्शन गरेको हो ।
२०७७ पुस १२ आइतबार, दिउँसो ४:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले प्रतिनीधि सभा पुनःस्थापनाको माग गर्दै जनकपुर सहित प्रदेशभरि प्रदर्शन गरेको छ ।
प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुर सहित प्रदेशको विभिन्न जिल्लामा शिर्ष नेताहरुको उपस्थितिमा विरोध जुलुस प्रदर्शन गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारीले देशलाई नीजि सम्पत्ति बुझ्दै जथाभावी गरेको भन्दै जसपाले विरोध प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले संविधान विपरित सँसद विघटन गरेको विरोधमा जसपाका नेता तथा कार्यकर्ताहरुले जनकपुरको विभिन्न चोकमा प्रदर्शन गरेको छ ।
सो क्रममा जसपाका नेता एवम् प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री जीतेन्द्र सोनल, सर्लाहीका साँसद प्रमोद साह लगायत नेता तथा कार्यकर्ताहरुले विभिन्न नारा लगाउँदै प्रदर्शन गरेको हो ।
प्रतिगमन तथा असंवैधानिक निर्णय खारेज गर, प्रतिनीधिसभा पुनः स्थापना गर नारा सहित जनकपुर सहित प्रदेभरि प्रदर्शन गरेको हो । सोही क्रममा जसपाले संघीय राजधानी जनकपुरमा समेत प्रदर्शन गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
अनितेश यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…