अबैध लाखौं रुपैया सहित दुई पक्राउ
उनिहरु दुबै लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आइतबार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहट ले जानकारी दिएको छ ।

२०७७ पुस १२ आइतबार, दिउँसो ३:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा श्रोत नखुलेको १२ लाख रुपैया सहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको गौर नगरपालकिका वडा नं. ४ स्थितमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउदै गरेका दुई जना लाई चेक जाँच गर्ने क्रममा १२ लाख रुपैयाँ बरामद गरेको हो ।
पक्राउ पर्नेमा विहार राज्य सितामढी जिल्ला थाना बरगैनिया गाउँ फुलबरिया बस्ने ४० वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २३ वर्षीय रोहित जैसवाल रहेका छन् ।
प्रहरीले ऊनीहरु दुबैले बोकेको हैण्ड ब्याग खोली चेकजाँच गर्दा दुबै व्याग भित्रबाट भारतबाट ल्याएको स्रोत नखुलेको नेपाली ६ लाख र अर्को ब्याग बाट पनि नेपाली ६ लाख गरि १२ लाख रुपैयाँ सहित दुबै जनालाई पक्राउ गरेको हो ।
उनिहरु दुबै लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आइतबार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहट ले जानकारी दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…