धनुषा हँसपुर नगरपालिकाको अधिकृतमा मण्डल
स्वास्थ्यको प्रमुखको रुपमा सोही नगरपालिकाका काम गरेका मण्डललाई अधिकृतको जिम्मेवारी दिदै शुक्रबार स्वागत कार्यक्रम गरिएको थियो ।

२०७७ पुस ११ शनिबार, बिहान ९:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाको लागि नयाँ अधिकृतको रुपमा रामलोचन मण्डल आएका छन् ।
यसअघि स्वास्थ्य शाखा हेर्दै आएका मण्डल सोही नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्हालेका हुन् । मण्डल शुक्रबारदेखि नै नगरपालिकाको कार्यभार सम्हालेको मेयर रामज्ञान मण्डलले बताए ।
उनले यसअघि प्रमुख प्रशासकीय अधिकृतको रुपमा उमेश यादव कुशल रुपमा कार्यसँचालन गरेका थिए । यादव अधिकृत हुँदा हँसपुर नगरपालिकाको विकास निर्माण सहित अन्य क्षेत्रहरुको विकासका कार्यहरु कुशल रुपमा सँचालन भएको जनाउँदै मण्डलले कार्यभार सम्हालेपछि कार्य कौशलता देखिने बताए ।
स्वास्थ्यको प्रमुखको रुपमा सोही नगरपालिकाका काम गरेका मण्डललाई अधिकृतको जिम्मेवारी दिदै शुक्रबार स्वागत कार्यक्रम गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…