लैङ्गिक हिंसा र ज्येष्ठ नागरिकहरुको अपमान न्यूनीकरणमा प्रयासरत छुः उपप्रमुख जयसवाल
कार्यक्रममा सहभागी पालिकाका उपप्रमुखहरुलाई नगरपालिकाले सम्मान समेत गरेको

२०७७ पुस ४ शनिबार, बिहान ८:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । लैङ्गिक हिंसा तथा ज्येष्ठ नागरिकहरूमा बढिरहेको अपमानलाई न्यूनीकरण गरि बचावटको उपाय र घटना सन्दर्भमा कानूनी उपचार सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गरूडा नगरपालिका न्यायिक समिति, गरुडा रौतहटको आयोजनामा रौतहट जिल्लाभित्र बढ्दै गएको लैङ्गिक हिंसा तथा ज्येष्ठ नागरिकहरूमा बढिरहेको अपमानलाई न्यूनीकरण गरि बचावटको उपाय र घटना सन्दर्भमा कानूनी उपचार सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम भएको हो।संघीय प्रहरी कार्यालय, जनकपुरका प्रहरी बरिष्ठ उपरीक्षक किशोर कुमार दाहालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रम भब्यताको साथ समपन्न भएको स्थानीय पत्रकार सागर यादबले बताएका छन् ।
नगरपालिका कर्मचारी, सुरक्षाकर्मी, भर भलादमी लगायतको उपस्थितिमा भएको कार्यक्रममा सहभागी पालिकाका उपप्रमुखहरुलाई नगरपालिकाले सम्मान समेत गरेको छ ।
नगरपालिकाका निमिति प्रमुख प्रशासकिय अधिकृत मोहमद मुस्ताक आलम सहभागी रहेको कार्यक्रम गरूडा नगरपालिकाको उपप्रमुख रंगीला कुमारी जयसवालको संयोजकत्वमा सम्पन्न भएको हो।
कार्यक्रम मै बोल्दै उप-प्रमुख रंगिला देबि जयसवालले लैङगिक हिंसा न्यूनीकरण र जेष्ठ नागरिकको अपमानलाई न्यूनीकरण गर्न आफ्नो ब्यक्तिगत र नगरपालिकाको तर्फबाट सक्दो सहयोग र प्रयत्न गरेको र गरिरहने प्रतिबद्धता ब्यक्त गरे।
उहाँले भने पछिल्लो समय हाम्रो लैङ्गिक हिंसामा वृद्धि र जेष्ठ नागरिकको मानसम्मानमा ठेस पुग्ने घटना बढेको छ यो बिसयमा हामी सबै गम्भीर छौ ,सुरक्षा निकाय देखि सम्पुर्ण संघ सस्था अघि बढुनु भको छ अझ गम्भीर बनौ सहकार्य र सहयोगको लागि म तयार छु।
गरुडा नगरपालिकाका गरूडा नगरपालिकाका नगर प्रमुख ईन्नु राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शिद्धि विक्रम शाह, ईलाका प्रहरी कार्यालय गरूडाका प्रहरी नायव उपरीक्षक रवि रावल एवम रौतहटका सम्पूर्ण पालिकाहरुका उपप्रमुखहरूको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
संजय सहनी, रौतहट
संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…