जनकपुरका विद्यार्थी नेतृत्वको नेपाली टिम १९ वटा क्षुद्रग्रह पत्ता लगाउन सफल
यसअघि उनले ललितपुरको महालक्ष्मीस्थित रहेको गम्भिर समुद्र सेतु विद्यालयबाट एईईमा २०७७ को ब्याचका टपर हुन् ।

२०७७ पुस २ बिहीबार, बिहान १०:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अंतरिक्ष सृजन सलाहकार परिषद Space Generation Advisory Council ले क्षुद्रग्रह खोज अभियान Asteroid Search Campaign को लागि नेपालबाट छनौट भएको ३ टिममध्ये जनकपुरका विद्यार्थी नेतृत्वको टिमले १९ क्षुद्रग्रह पत्ता लगाउन सफल भएको छ ।
परिषद्ले आकाशमा हुने क्षुद्रग्रहको हलचलबारे जानकारी तथा क्षुद्रग्रहको बारेमा खोजबिन गर्नको लागि नेपालबाट ३ वटा टिम छनौट गरेकोमा जनकपुरका रँजन शर्मा नेतृत्वको टिम सेरेस्टीयलले २० दिनको अन्तरालमा १९ वटा क्षुद्रग्रह पत्ता लगाउन सफल भएको अँतरिक्ष सृजन सल्लाहकार परिषदले जनाएको छ ।
.png)
जनकपुरधाम उपमहानरपालिका वडा नं. २ कदमचोक बस्ने १७ बर्षिय रँजन शर्माले नेतृत्वको टिम सेरेस्टीयलले अभियानको प्रारम्भिक फेजमा १९ वटा क्षुद्रग्रह पत्ता लगाउन सफल भएको भन्दै परिषदले अधिकारीक फेसबुक पेजबाट टिमका सदस्यहरुलाई बधाई दिएको हो ।
अन्तरिक्ष सृजन सल्लाहका परिषदले नियमित पठाउने फोटोमा क्षुद्रग्रह भएको वा नभएको तथा अन्य केही भएको भनेर फोटोबाट पत्ता लगाउन अभियान को लागि छनौट भएको टिम सेरेस्टीयलमा जनकपुरका रँजन शर्मा लिडर छन् भने अक्षीता आरएल शाह, आदित्य राउत, नमुना तिमिल्सीना र रिकेश राज लगायतका सदस्यहरु रहेका छन् ।
क्षुद्रग्रह पत्ता लगाउने म्यानुअल तरिबाट फोटोमा हेरेर विद्यार्थीले क्षुद्रग्रह भएको वा नभएको तथा अन्य केही भएमा खोज गरी परिषद्लाई बुझाउनुपर्ने प्रावधान अनुसार गत नोभेम्बर १८ देखि डिसेम्बर ४ सम्म उनीहरुले १९ वटा क्षुद्रग्रहको बारेमा अपडेट गर्न सफल भएको हो ।
खोजबिनको लागि नेपालबाटै अन्य २ टिम भने हेलोमिनाटी र अस्ट्रोस्टार रहेको छ । प्रत्येक बर्ष यो अनुसन्धानको लागि १ हजार भन्दा बढी टिमहरु फाराम भर्ने गरेकोमध्येमा ८० भन्दा बढी देशबाट ५० वटा टिम मात्र छनौट हुने गरेको छ । जसमा यसपाली ३ वटा टिम नेपालबाटै रहेको छ ।
स्पेश जेनेरेशन एडभिजरी काउन्सिल एस्टइड सर्च काउन्सील नामक सँस्थाले सो अभियानको लागि टिम छनौट गरेको हो । छनौट भएका टिमले नेपालबाट प्रतिनीधित्व गर्नेछ । लिडर रहेका शर्मा काठमान्डौ स्थित सेन्ट जेभियर कलेजमा नाम निकालेर ए लेभल मा अध्ययनरत छन् ।
यसअघि उनले ललितपुरको महालक्ष्मीस्थित रहेको गम्भिर समुद्र सेतु विद्यालयबाट एईईमा २०७७ को ब्याचका टपर हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…