'घर शान्ति नै विश्व शान्तिको आधार' : उपमेयर यादव
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिन्छ ।

२०७७ मंसिर २३ मंगलबार, बिहान ८:०१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम। विश्व शान्तीको लागि घरको शान्ती आवश्यक रहेको धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मिना देवी यादवले बताएकी छन् ।
दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज भन्ने नाराका साथ सासू वुहारी अन्तरसम्बाद कार्यक्रममा उपमेयर यादवले विश्वमा शान्ती कायम गर्नको लागि सुरुवात आफ्नो घरबाटै गर्नुपर्ने आवश्यकता रहेको औल्याईन् ।
हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ ।
उपमेयर यादवको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न भएको लैगिँक हिँसा विरुद्धको अभियान कार्यक्रमा लैङ्गिक हिंसालाई मानवता विरुद्धको अपराध मानिएकाले यसको अन्त्यका लागि सरकारले विभिन्न अभियान सञ्चालन गरिरहेको बताए ।
महिला हिंसा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउँदै लैङ्गिक हिंसा अन्त्यका लागि सरकारले नयाँ कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।
गणेशमान चारनाथ नगरपालिका न्यायिक समितिको संयोजक समेत रहेकी उपमेयर यादवको अध्यक्षतामा ४ दिने महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा गनेशमानचारनाथ नगरपालिकाको कबिर कुट्टीमा सासू वुहारी अनतर सम्बाद लैङ्गकि हिंसा सम्बन्धि कार्यक्रम गरिएको छ।
लेखा अधिकृत शिवनारायण साहले लैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यका लागि एक हुनु पर्ने बताए । दैनिक रूपमा महिलामाथि हिंसा भइरहेकोले यसको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्नेमा उनले जोड दिए ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ ।
एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…