चितवनको माडीमा 'अयोध्याधाम' को डिपिआर बन्दै
भगवान राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको भनेपछि राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चा

२०७७ मंसिर १७ बुधबार, दिउँसो ४:३७ बजे१ मिनेट पढाइ
भगवान राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको भनेपछि राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चा

२०७७ मंसिर १७ बुधबार, दिउँसो ४:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, चितवन । चितवनको माडी नगरपालिका–९ कृष्णनगर पार्कमा अयोध्याधाम निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयारीको काम अन्तिम चरणमा पुगेको छ ।
माडी स्थित रहेको १०० बिघाह जमिन अयोध्याधामका नाममा हस्तान्तरण गर्न नगरपालिकाले निर्णय गरेर प्रधानमन्त्रीको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय पठाइएको छ ।
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार गुरुयोजना सम्पन्न भई डिपिआर अन्तिम चरणमा पुगेको छ । डिपिआर बनेसँगै राममन्दिर निर्माण गर्न थालिने छ ।
अर्को वर्षको चैतको नवमीमा मूर्ति स्थापना गर्ने गरी बोलपत्र आह्वान गरी धाममा आकर्षक रामको मन्दिरसँगै विभिन्न खालका धर्मशाला, अयोध्यामा दशरथले राज्य सञ्चालन गरेको दरबार, घोडा बाँध्ने गरेको तबला, उद्यान, बसपार्कलगायत विभिन्न संरचना बन्ने बताईएको छ ।
ढकालले सबै काम सम्पन्न गर्न रु एक अर्ब भन्दा बढी खर्च हुनेगरी डिपिआर बन्दै गरेको जानकारी दिए । ठूलो ठाउँ भएकाले विभिन्न रुपमा सबै ठाउँलाई बहुउपयोगी बनाउने गरी काम गरिँदै छ । अयोध्याधाम निर्माणका लागि नगरपालिकाले अयोध्या खोज तथा अनुसन्धान समिति समेत निर्माण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भगवान राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको थियो । यससँगै अयोध्यापुरीमा अयोध्याधाम निर्माणका लागि काम अघि बढेको हो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
किन हुन्छ यस्तो ?
५ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१७ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद२० घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ२१ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी१ दिन अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा१ दिन अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…