न्यूज ब्यूरो, जनकपुरधाम । उच्च अदालतका पूर्व न्यायधीश डा. सलाहुद्दिन अख्तर सिद्दिकीले सरकार शहिद घोषणा गरेका चारै जनालाई उपद्रवीको सँज्ञा दिएका छन् ।
उनले आफ्नो अधिकारिक फेसबुक पेजमा हिन्दु मुस्लिम विवादको क्रममा शहादत प्राप्त गरेको भन्दै सरकारले शहिद घोषणा गरेपछि उनले आपत्ति जनाएका छन् । उनले उप्रदवीहरुलाई सरकारले शहिद घोषणा गरेको भन्दै शहिदको अपमान भएको सन्देश लेखेका छन् ।
कानुनविद्, अनुसन्धानकर्ता तथा सामाजिक अभियन्ताका रूपमा समेत रहेका डा. सिद्धिकीले “सुनसरी घटनामा नेपाल सरकारले कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका उपद्रवीलाई शहीद घोषणा गरेको निर्णयबाट शहीद शब्द र परिभाषाको अपमान गर्दै शहीद गङ्गालाल, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दको अपमान सरकारले गरेको छ । वर्तमान सरकार तथा यो निर्णयलाई इतिहासले याद गर्ने छ । ” भनेर लेखेका छन् ।
उनले अर्को स्टेटसमा समेत शहिदहरुप्रति आपत्ति जनाउँदै “शहीद शब्द मुलुकको स्वाधीनता कालागि लडदा , मृत्यु भ्एमा सम्मान स्वरूप दिइने उपाधि हो। सुनसरीको घटना उपद्रवीलाई धार्मिक उपद्रवलाई साम्य पार्न कर्तव्य पालनाको दौरान भएको मृत्युलाई शहीद भन्नु शहीद शब्द को अपमान हो” भनेर लेखेका छन् ।
उनले लेखेको स्टेटस
जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा
- २०८३ श्रावण २७ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो । विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने
पूरा पढ्नुहोस्









