'म अहिले पनि विद्यार्थी नै छु' : साँसद यादव
न्यूज ब्युरो || जनकपुरधाम, २८ माघ । प्रदेश नं. २ का प्रदेश सभा सदस्य एवम् साँसद राम अशिष यादवले आफूलाई विद्यार्थीको सँज्ञा दिएका छन् । आइतबार जनकपुरमा एक विद्यालयको वार्षिकोत्सवमा आयोजना गरिएको टुर्नामेन्टको उद्घाट्न समारोहमा बोल्दै यादवले यस्तो बताएका हुन् । जुन देखी आफू नै सर्वश्रेष्ठ हो भन्न ठान्

२०७४ माघ २८ आइतबार, दिउँसो २:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो ||
जनकपुरधाम, २८ माघ ।
प्रदेश नं. २ का प्रदेश सभा सदस्य एवम् साँसद राम अशिष यादवले आफूलाई विद्यार्थीको सँज्ञा दिएका छन् ।

आइतबार जनकपुरमा एक विद्यालयको वार्षिकोत्सवमा आयोजना गरिएको टुर्नामेन्टको उद्घाट्न समारोहमा बोल्दै यादवले यस्तो बताएका हुन् ।
जुन देखी आफू नै सर्वश्रेष्ठ हो भन्न ठान्नु पतनको आरम्भ हुन्छ भन्दै उनले आफू अहिले पनि विद्यार्थी नै रहेको बताए । राजनीति तथा अन्य क्षेत्रमा पनि आफू केही न केही सिकिरहेकोले आफू विद्यार्थी भएको बताए ।

जनकपुरको न्यू लाईफ ईँगलिस बोर्डिँग स्कुलको ५ औँ वार्षिकोत्सवमा आयोजना गरिएको ब्याटमिन्टन खेल टुर्नामेन्टको उद्घाटन सत्रमा प्रमुख आतिथिको आसनबाट बोल्दै यादवले आफूलाई कहिल्यै महान ठान्नु मुर्खतमा मात्र रहेको बताए ।
खेलमा सहभागी छात्रछात्राहरुलाई किताबी ज्ञान मात्र प्रसस्त नभएको भन्दै व्यवहारिक ज्ञानलाई विर्सन नहुने बताए ।
जीवनमा सफलता पाउनुको लागि विद्यार्थीले गर्नुपर्ने अनुसरण र त्यागको बारेमा प्रष्ट पार्दै उनले प्रदेश नं. २ मा शिक्षाको वर्तमान स्थिति र परिवेश बारे समेत प्रकाश पारे ।
गँगासागर सफाई अभियानका सँयोजक समेत रहेका यादवले खेलकुद मानिसको जीवनमा ल्याउने परिवर्तनको बारेमा प्रष्ट पार्दै शिक्षकलाई गुरु विश्वामित्र, द्रोनाचार्य र बशिष्ठको सँज्ञा दिए ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षकगण सहित रिडमोर पब्लिकेशनका क्षेत्रिय म्यानेर अमित झाको विशेष अतिथ्य रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…