सिरहाबाट अपहरणमा परेको बालक सकुशल मुक्त
सिरहा माघ २८ । अपहरणमा परेको चार घण्टाभित्रै सिरहा प्रहरीले एक बालकलाई सकुशल मुक्त गराउन सफल भएको छ भने अपहरणमा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । सनिबार दिउँसो ३ः३० बजेतिर अपहरणमा परेका सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १४ वर्षीय आशिष राय कुर्मीलाई सनिबार साँझ ७ः३० बजेतिर प्रहरीले धन

२०७४ माघ २८ आइतबार, बिहान ९:३१ बजे१ मिनेट पढाइ

सिरहा माघ २८ । अपहरणमा परेको चार घण्टाभित्रै सिरहा प्रहरीले एक बालकलाई सकुशल मुक्त गराउन सफल भएको छ भने अपहरणमा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
सनिबार दिउँसो ३ः३० बजेतिर अपहरणमा परेका सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १४ वर्षीय आशिष राय कुर्मीलाई सनिबार साँझ ७ः३० बजेतिर प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका २४ बाट मुक्त गराउन सफल भएको हो ।
बालकलाई अपहरण मुक्त गराउने क्रममा अपहरणमा संलग्न रहेको आरोपमा जनकपुर उपमहानगरपालिका–२४ निवासी मनोज महतो लौनियाँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक गणेश ठकुरीले जानकारी दिनुभयो ।
बालकको अपहरण भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनुषा प्रहरीसँग समन्वय गरी बालक कुर्मीलाई सकुशल मुक्त गराउन सफल भएको प्रहरी नायब उपरीक्षक ठकुरीले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…