रक्सी खाइ कुटपिट गरि हत्या, दुई जना पक्राउ
पक्राउ पर्नेमा वृन्दावन नगरपालिका सखुवा धमौरा बस्ने १९ वर्षिय विकास पासवान र ५५ वर्षिय बिन्द पासवान रहेका छन । घटनास्थलमा तत्काल ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्षाहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकोे हो ।

२०७७ मंसिर ९ मंगलबार, दिउँसो १:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको बृन्दावनमा एक छिमेकीलाई कुटपिट गर्दा ज्यान गएको छ ।
बृन्दावन नगरपालिकाको सखुवा धमौराका बर्ष १९ का विकास पासवानले रक्सि सेवन गरि सोही स्थानका छिमेकी ५० बर्षिय अमिरि पासवानलाई गाली गर्दै कुटपिट गर्ने क्रममा धकेल्दा अमिरि पासवानको लडेर टाउकोमा चोट लागेको थियो ।
घाइते भएका अमिरि पासवान उपचारको क्रममा रौतहटको गरुडा स्थित सिटि अस्पतालमा सोमबार मृत्यु भएको हो । कुटपिट गरि हत्या गरेकोे आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेकोे छ ।
पक्राउ पर्नेमा वृन्दावन नगरपालिका सखुवा धमौरा बस्ने १९ वर्षिय विकास पासवान र ५५ वर्षिय बिन्द पासवान रहेका छन । घटनास्थलमा तत्काल ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्षाहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकोे हो ।
मृतक अमिरिको शव पोष्टमार्टमका लागी गौर पठाईएको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…