छठमा आस्था प्रभावित हुनु भएन : मेयर मण्डल
आगामी मँसिर ५ गते साँझ सँध्या अर्घ तथा ६ गते बिहान प्रभात अर्घ दिनेछ ।

२०७७ मंसिर १ सोमबार, बिहान १०:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले छठ जस्तो पर्वमा आस्था प्रभावित हुन नदिने बताएका छन् ।
धनुषाधाम नगरपालिका वडा नम्बर ५ दक्षिणवारी टोल नैसयविघामा छ्ठपर्व मनाउने स्थलमा पोखरीको पानी न्यून भएपछि मेयर मण्डलले सो ठाउँमा आफैं पुगेर पोखरीमा पानी पुनः भर्नको लागि पहल थालेका हुन् ।
हिन्दुहरुको आस्थाको पर्व छ्ठ पर्व मनाउनको लागि नजिकको पोखरी किनारमा रातभरि बस्ने चलन अनुसार पानी नै नहुँदा समस्या हुनेभएपछि सो पोखरीको तत्कालै जिणोद्धार गरी छठ मनाउन सहज बनाइने बताईएको छ ।
साँझमा सँध्या अर्घ र बिहान सुर्य देवतालाई पानीमा पसेर जलअर्पण सहित अर्घ दिने परम्परा रहिआएको छ । सोही क्रममा पोखरीको पानी सबै बाहिरिएपछि स्थानीयहरुले स्थानीय सरकारलाई पोखरी व्यवस्थापनको लागि आग्रह गर्दा मेयर मण्डल तत्कालै एक्सन लिएका हुन् ।
सुकेको पोखरीलाई नीरिक्षण गर्दै नगर प्रमुख बालेश्वर मण्डल सहित समाजसेवीहरु । मण्डलको बिशेष सक्रियतामा उनी आफै उपस्थिति भइ पानी रोक्न ब्यबस्थापन गरेको छ। छ्ठ पर्व मनाउन समस्या समाधान हुदा स्थानीयहरु हर्षित हुँदै कुशल नेतृत्वको सँज्ञा पनि दिए ।
पोखरीको अवस्था बारे तथा यसपाली छठ मनाउन कठिनाई हुने देखपछि वडासदस्य सुशिल यादवले मेयर मण्डललाई पोखरी जिर्णोद्धारको तत्कालै अनुरोध गरेका थिए ।
सानै काम हुँदा पनि समय आएर गरेको काम प्रसँशनीय रहेको स्थानीय राम कुमार यादवले बताए । आगामी मँसिर ५ गते साँझ सँध्या अर्घ तथा ६ गते बिहान प्रभात अर्घ दिनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…