जनकपुरमा राष्ट्रिय विद्यार्थी सँघको शुभकामना आदान प्रदान
शुभकामना आदान प्रदानमा धनुषा जिल्ला समन्वय समिति उप सभापति दिपक झा, राष्ट्रिय विद्यार्थी संघ केन्द्रीय सचीव अशोक कुमार यादव, जासपाका युवा नेता जय प्रकाश मण्डल ,विद्यार्थी केन्द्रिय सदस्य मनोज साह,रा।रा।ब इकाई कमिटी दिनेश यादव,शिव यादव इजाज अन्सारी लगायत नेताकार्यकर्ता उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

२०७७ कार्तिक २८ शुक्रबार, राति ८:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दिपावली तथा छठको अवसरमा जनता समाजवादी पार्टी (जसपा) निकट राष्ट्रिय विद्यार्थी सँघ धनुषाले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
जनकपुरमा राष्ट्रिय विद्यार्थी सँघका विद्यार्थी नेता रोशन मिश्रको अध्यक्षतामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरिएको हो । शुभकामना आदान प्रदान कार्यक्रममा जसपाका साँसद जयनुल राईन, जानकी शरण साह सहित जसपाका केन्द्रीय सदस्य राजु चौधरी, केन्द्रिय सदस्य ज्ञानेन्द्र झा (ज्ञानु) लगायतका युवा नेताहरुले आ आफ्नो मनतव्य राखेका थिए ।
शुभकामना आदान प्रदानमा धनुषा जिल्ला समन्वय समिति उप सभापति दिपक झा, राष्ट्रिय विद्यार्थी संघ केन्द्रीय सचीव अशोक कुमार यादव, जासपाका युवा नेता जय प्रकाश मण्डल ,विद्यार्थी केन्द्रिय सदस्य मनोज साह,रा.रा.ब. इकाई कमिटी दिनेश यादव,शिव यादव इजाज अन्सारी लगायत नेताकार्यकर्ता उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…