प्रदेश २ सरकारले अस्पताल बन्न दिएनन्
निर्णय भएको योजना प्रदेश सरकारले ढिलाई गर्नुको कारण सहित प्रदेश संसद चल्ने बितीकै आवाज उठाउने

२०७७ कार्तिक २७ बिहीबार, दिउँसो ३:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । प्रदेश नम्बर २ को बाराको पथलैयामा निर्माण गरिने ट्रमा अस्पताल बनाउने योजनालाई प्रदेश दुई सरकारको रोकेको छ ।
प्रदेशको सामाजिक बिकास मन्त्रालयले नीति तथा कार्यक्रममा घोषणा गरी बजेट समेत छुटयाएको थियो । राजमार्गको सबारी दुर्घटनामा पर्ने घाईतेले तुरुन्तै उपचार पाउने उपयुक्त स्थानको रुपमा चयन गरिएको पथलैयामा सम्पुर्ण पुर्बाधार तयारी रहेको खाली स्वास्थ्य तालिम केन्द्रलाई सामाजिक बिकास मन्त्रालयले बिभिन्न बहानामा ट्रमा अस्पताल बनाउने योजना अबरोध गरेको हो ।
मन्त्रालयले राजमार्गमा हुनुपर्ने ट्रमा अस्पताल कलैयाबाट ६ किलोमिटर भित्र गंगापुर स्थित तत्कालीन जिल्ला शिक्षा कार्यालयको भबनमा बनाउने भनेपछि प्रदेशका प्रतिपक्ष दल नेकपाले बिरोध थाल्ने भएको छ ।
नेकपाको प्रदेश सचेतक सुन्दर बिश्बकर्माले निर्णय भएको योजना प्रदेश सरकारले ढिलाई गर्नुको कारण सहित प्रदेश संसद चल्ने बितीकै आवाज उठाउने बताएका छन ।
राजमार्गमा बनाउनु पर्ने अस्पताल पथलैया तालिम केन्द्र भन्दा उपयुक्त अन्त हुनै नसक्ने दाबी गर्दै प्रदेश सांसदहरुले २६ किलोमिटर भित्र सामाजिक विकासमन्त्रीले के कारणले उपयुक्त देखेका छन आफुहरु अचम्ममा परेको प्रतिपक्षि प्रदेश सांसदहरुले बताएका छन ।
दुई बिगाह ४ कठा क्षेत्रफमा रहेको तालिम केन्द्रको तीन खण्डमा रहेको छुटाछुटै भवनमा ७२ बटा कोठा, महिला पुरुषको छात्रबास, तीन वटा तालिम हल, पर्याप्त खुला स्थान, पार्कीङ्ग, फुलबारी र चारैतर्फ कम्पाण्ड वालले घेरीएको ब्यबस्थित भवन जसमा सामान्य मर्मत पछि तुरुन्तेै ट्रमा अस्पताल सञ्चालनमा ल्याउन सकिने पुर्बाधार रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…