दिपावलीको पूर्वसंध्यामा घुर्मी बजारमा सरसफाइ
सामाजिक उत्तरदायित्व सबैको भएकाले यस्ता कार्यमा सबैलाई जुट्न आह्वान

२०७७ कार्तिक २७ बिहीबार, दिउँसो १२:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । हिन्दुहरुको महान चाड दिपावली तथा छठको अवसरमा मिर्चैया नगरपालिका-९ स्थित घुर्मी बजारमा बृहत सरसफाइ कार्यक्रम गरिएको छ ।
निर्धन कृषि सहकारी संस्था लिमिटेडले बिहीवार बिहान घुर्मी बजारमा सरसफाइ गरेको हो । स्थानीय र युवाहरूको सहभागितामा सरसफाइ कार्यक्रम गरिएको सहकारीका अध्यक्ष रामदयाल यादवले जानकारी दिए ।
‘यहाँ जताततै फोहोर थियो, दिपावली र छठ आउँदैछ, सरसफाइसँगै सचेतना फैलाउने काम पनि गरेका छौं,’ उनले भने, ‘सबैलाई सरसफाइमा सहभागिताका लागि आह्वान गरेका थियौं, सबैको सहभागितामा कार्यक्रम भएको छ ।’
उनले आवश्यकताको आधारमा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइरहने बताए । यस प्रकारको कार्यक्रमले आफ्नो ठाउँलाई सफा राख्न मद्दत पुग्नुका साथै नागरिकलाई पनि समाजप्रति जिम्मेवार बन्न प्रेरित गर्ने उनको विश्वास छ ।
सामाजिक उत्तरदायित्व सबैको भएकाले पनि यस्ता कार्यमा सबैलाई जुट्न उनले आह्वान पनि गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…