खुर्सानीको बोराभित्र बिस्फोटक पदार्थ, दुई जना पक्राउ
बसको डिक्कीमा खुर्सानीको बोराभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा विष्फोटक पदार्थ पटाका बरामद

२०७७ कार्तिक २४ सोमबार, बेलुकी ७:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बारा प्रहरीले विष्फोटक पदार्थसहित दुई जना पक्राउ गरेको छ ।
भारतबाट प्रतिविन्धत विस्फोटक पदार्थ बोकेर नेपाल प्रवेश गरेका उनीहरुलाई चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बाराको पक्राउ पर्नेमा बाराको फेटा गाँउपालिका वडा नं.१ निवासी २८ वर्षीय लालबाबु दास र २७ वर्षीय कन्हैया दास रहेका छन्। इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ५ स्थित लालका पुल नजिकै सडकखण्डमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट विस्फोटक पदार्थ बरामद भए पछि नियन्त्रणमा लिएको थियो।
बीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना. ७ ख ६०४१ नम्बरको बसको डिक्कीमा खुर्सानीको बोराभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा विष्फोटक पदार्थ पटाका बरामद भएको थियो ।
उनीहरुको ल्याएको खुर्सानीको बोरा भित्रबाट नागिन पटाका ४० बण्डल, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेलो पदार्थ १ किलो ५ सय ग्राम र सुहागा जस्तो देखिने सेतो पदार्थ ६ किलो ९ सय ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन् ।
पक्राउ परेकाहरुमाथी विष्फोटक पदार्थ अन्तर्गतको कसुरमा जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनु भयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…