धनुषाधाम नगरपालिका भरि टावर लाईट लगाईदै
टावर लाईट जडान भएपछि धनुषाधाम नगरपालिकाभरि झिलीमिली हुने भएको छ ।

२०७७ कार्तिक १८ मंगलबार, बेलुकी ५:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाले नगरभरि टावर लाईट लगाउने भएको छ ।
विद्युतीय सेवा उपलब्ध भएपनि विभिन्न सार्वजनिक स्थानमा उज्यालो हेतु समुदाय स्तरमा टावर लाईट जडान गरिने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले एक सूचना जारी गर्दै समुदायबाटै सँरक्षण सहितको टावर लाईट जडान गर्न बताएका छन् ।
समुदायकै स्वामित्व हुने धनुषाधाम नगरपालिकाले सो टावर लाईट जडान गर्ने निर्णय गरेको हो । जडान हुने समुदायले नै त्यसको व्यवस्थापन गनुपर्ने प्रावधान पनि राखिएको छ भने लाग्ने मासिक शुल्क पनि समुदाय स्तरबाटै तिर्नुपर्ने जनाइएको छ ।
टावर लाईट जडान भएपछि धनुषाधाम नगरपालिकाभरि झिलीमिली हुने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…