जनकपुरः प्रहरी चौकीकै अगाडी हजारौंको सँख्याबीच 'रस्से-रस्से'
रातभरि मात्र होईन दिनमा पनि हुने सो ओरकेष्ट्रामा मैथिली सहित भोजपुरी भाषाको उतेजक गीतहरुमा डान्स भईरहँदा प्रहरी मस्त

२०७७ कार्तिक १० सोमबार, बेलुकी ६:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको महामारी समाजस्तरमा पुगेको अवस्थामा पनि धनुषामा प्रहरी चौकीकै अगाडी विगत ४ दिनदेखि ओरकेष्ट्रा भईरहँदा प्रहरी पनि मज्जा लिन व्यस्त देखिए ।
स्थानीय प्रशासनले कोरोना भन्दै विभिन्न धार्मिक स्थलहरुमा समेत भीडभाड नगर्नको लागि सूचना जारी गरेपनि धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. ५ ललियास्थित रहेको प्रहरीचौकीकै अगाडी निर्वाध रुपमा भइरहेको ओरकेष्ट्रामा हजारौको सँख्यामा सर्वसाधारणहरु उपस्थितीमा कोरोना फैलिने झन खतरा देखिएपनि प्रहरी नीरिह बनेको देखिए ।
दशैंमा पनि जनकपुरको राजदेवी मन्दिरमा प्रत्येक वर्ष हुँदै आएको धुमधाम सहित अन्य विभिन्न कार्यक्रमलाई सीमित पारेका प्रहरी ललियामा विगत ४ दिनदेखि भईरहेको ओरकेष्ट्राको लागि संरक्षण दिइरहेको देखिए ।
रातभरि मात्र होईन दिनमा पनि हुने सो ओरकेष्ट्रामा मैथिली सहित भोजपुरी भाषाको उतेजक गीतहरुमा डान्स भईरहँदा प्रहरी मस्त देखिए । एकातर्फ कोरोना महामारीको डर देखाएर धनुषाका प्रशासनले विभिन्न स्थलमा भीडभाड नगर्न ह्वीप जारी गरेका छन् भने विभिन्न स्थानमा धनुषा प्रहरीको मिलोमत्तोमा भीड जम्मा गर्न दिएको देखिएको छ ।
ललियामा वडा दशैंको अवसरमा लाग्दै आएको दुर्गा पूजाको लागि विगत ४ दिनदेखि विभिन्न ठाउँबाट आएका नतर्कीहरुले हजारौं दर्शक तानेर महामारीमा पनि भीड गरेको छ । आयोजक समितिले प्रत्येक बर्ष लगाउँदै आएको सो भीडबाट सुरक्षित समुदायमा पनि कोरोनाको खतरा बढन सक्ने अनुमान गरिएको छ ।
यता, ललिया प्रहरी र मेलाका आयोजकसँग भने सम्पर्क हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…