गरिब असहायलाई माण्डवीको सहारा, रासन र औषधीको लागि 'भ्यालू कार्ड'
भ्यालु भौचरले सो पसलहरुमा गएर स्वाईप गरेपछि समानको मूल्य काटिने : फिल्ड अधिकृत पूजा शर्मा

२०७७ कार्तिक ५ बुधबार, राति ८:३२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अति विपन्न, गरिब तथा असहायको लागि समाजिक सँस्था माण्डवीले रासन, औषधी र लत्ताकपडाको लागि भ्यालु कार्ड (प्रि–पेड कार्ड) प्रदान गरेको छ ।
सधैं समाजिक क्षेत्रमा अग्रसर देखिएको समाजिक सँस्था माण्डवीले ती वर्गलाई मध्यनजर गर्दै उनीहरुलाई सहयोगको लागि भ्यालु कार्ड प्रदान गरेको हो । बुधबार धनुषाको शहिदनगर नगरपालिकामा भ्यालु कार्ड वितरण गरेको हो ।
अन्तराष्ट्रिय गैर सरकारी सँस्था युकेएडको आर्थिक सहयोग तथा मर्सिकोरसँगको समन्व्यमा माण्डवीले गरिब, असहाय, विपन्न, अपाँग सहित जोखिममा परेका परिवारको लागि भ्यालु कार्ड उपलब्ध गराएको हो ।
वितरण गरिएको भ्यालु कार्डमा १३ हजार ५०० रुपैयाँ राखिएको छ । कार्डबाट जनकपुरको विभिन्न स्टोर्स, औषधी पसल, कपडा पसल, ईलेक्ट्रोनिक्स पसलबाट त्यति मूल्य बराबरको किनमेल (सपिँग) गर्न सकिने माण्डवीकी फिल्ड अधिकृत पूजा शर्मा (ठाकुर) ले जानकारी दिईन् । भ्यालु भौचरले सो पसलहरुमा गएर स्वाईप गरेपछि समानको मूल्य काटिने छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरी शहिदनगर नगरपालिकाको वडा नं. ३ मा २ सय १४ जना घरधुरी र वडा नं. ७ को २१९ जना घरधुरीलाई सो कार्ड वितरण गरिएको अधिकृत शर्माले थपिन् । माण्डवीद्धारा सँचालित 'रिजिलिन्यस प्लस' कार्यक्रम अन्तर्गत सो भ्यालु भौचर वितरण गरिएको हो ।
सो भ्यालु भौचरबाट उनीहरुले औषधीको लागि जनकपुरको जलान मेडिकल हल, रासनको लागि सोभित जेनेरल स्टोर्स, कपडाको लागि सँतोष वस्त्रालय जानकी चोक, मेसिनरी समानको लागि सिद्धार्थ आईरन स्टोर्स शहिदनगर नगरपालिका लगायतका पसलहरुबाट सो मूल्य बराबरको समान खरिद गर्न सकिने अधिकृत शर्माले बताइन् ।
१३५०० बराबरकोभ्यालु भौचरको अवधी भने मात्र १ महिनासम्म रहने बताउँदै एक महिनापछि थप गरिने बताइएको छ । 'जोखिम प्रभावित धरधुरीलाई आवश्यकतामा आधारित सहयोग' गर्ने कार्यक्रम अन्तर्गत सो वडाहरुमा सर्वेक्षणको आधारमा वास्तविकत जोखिममा रहेका परिवारलाई भ्यालु कार्ड वितरण गरिएको हो ।
शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) को अध्यक्षता सम्पन्न भएको भ्यालु कार्ड वितरण कार्यक्रममा नगर उपप्रमुख शिला देवि कापर , प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न यादव सहित समाजिक संस्था माण्डवीबाट कार्यक्रम संयोजक सुबोध कुमार कमल , जानकी महिला जागरण समाजका जिल्ला फिल्ड सुपरभाईजर धर्मेन्द्र कुमार शर्मा, ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक सँवित भण्डारी, सशस्त्र प्रहरी बल यदुकूहाका प्रहरी नीरिक्षक सागर राई, शहिदनगर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष नागेन्द्र मण्डल, वडा सचिव सत्यनरायण यादव लगायतको विशेष उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।
#Mandavi #Pooja_Sharma # Value_Voucher # Value_Card #Shahidnagar #Udaybarbariya
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…