धनौजी बोर्डरः ईन्सपेक्टर बस्नेत एक्सनमा, समान छाडी भाग्दै तस्कर
सोमबार १ लाख बढी मूल्य बराबरको अवैद्य समाग्रीहरु सशस्त्र प्रहरीले बरामद

२०७७ कार्तिक ३ सोमबार, बेलुकी ७:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल भारत सीमामा रहेको बिओपी धनौजीका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) रवि बस्नेत एक्सनमा उत्रेपछि तस्करहरु समान छाडेर भाग्ने क्रम बढेको छ ।
धनुषाको धनौजी गाउँपालिकाको वडा नं. ४ नेपाल भारत बोर्डर नजिकै रहेको बिओपीबाट निरन्तर गस्तीमा कडाई गरेपछि तस्करहरु समान नै छाडेर भाग्ने क्रम बढेको ईन्सपेक्टर बस्नेतको कथन छ ।
सोमबार १ लाख बढी मूल्य बराबरको अवैद्य समाग्रीहरु सशस्त्र प्रहरीले बरामद गरेको छ । अवैद्य रुपमा भन्सार छली नेपाल भित्र्याउने गरेको अवस्थामा सशस्त्र प्रहरीको टोली सक्रियता बढाएपछि तस्करलाई समस्या बनेको छ ।
सोही क्रममा सोमबार ईन्स्पेक्टर बस्नेतको कमाण्डमा गएको प्रहरी टोलीले दिउँसो करिब ३ः१५ बजेको समयमा विदेह नगरपालिकाको बैदेहीबाट माटोको लहठी चुरा ९० बण्डल अन्दाजी २७ हजार रुपैयाँ बराबरको, झुम्की फोर्थ सेट भनिने ४ बण्डल अन्दाजी ७ हजार २ सय रुपैयाँ मूल्य बराबरको, ३ पिस चुरा बण्डल, बाला फोर्थ सेट १६ बण्डल अन्दाजी १२ हजार ८०० मूल्य बराबरको समाग्रीहरु बरामद गरेको छ ।
यसका साथै, चुरी ठुलो ३४ बण्डल अन्दाजी रु२० हजार ५ सय , चुरी सानो १ सय २३ बण्डल करिब २४ हजार बराबरको तथा सुख्खा धनियाँ अन्दाजी २० किलो करिब ४ हजार गरी १ लाख ११ हजार १०० रुपैयाँ मूल्य बराबरको समान बरामद गरी भन्सार कार्यालय जनकपुर पठाइने ईन्स्पेक्टर बस्नेतले बताए ।
यसअघि आईतबार मात्रै भारी मात्रामा अवैद्य औषधी छाडेर तस्कर भागेका थिए भने सो अघि विभिन्न समाग्री छाडेर तस्कर भारततर्फ भागेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…