सिरहामा ग्रामिण महिलाको पक्षमा रयाली
न्यूज ब्यूरो, सिरहा । अन्तर्राष्ट्रिय ग्रामिण महिला दिवसको उपल्क्षमा सनराइज युवा सिरहा संजालका युवाहरुद्वारा रैली प्रदर्शन गरिएको छ। प्रदर्शनमा महिला हिंसा बन्द गर, बलात्कारीलाई फासी दे, चुप्पी तोडौं जस्ता नाराहरु लगाउँदै आयोजक सनराइज युवा सिरहा संजालद्वारा निकालिएको रैली गोलबजारको गोलपार्क (गोल्चकर

२०७७ असोज २९ बिहीबार, राति १०:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । अन्तर्राष्ट्रिय ग्रामिण महिला दिवसको उपल्क्षमा सनराइज युवा सिरहा संजालका युवाहरुद्वारा रैली प्रदर्शन गरिएको छ।
प्रदर्शनमा महिला हिंसा बन्द गर, बलात्कारीलाई फासी दे, चुप्पी तोडौं जस्ता नाराहरु लगाउँदै आयोजक सनराइज युवा सिरहा संजालद्वारा निकालिएको रैली गोलबजारको गोलपार्क (गोल्चकर) देखी गोलबजारको रा.रा तामांग जनता बहुमुखी क्याम्पस, शिव मन्दिर हुदै बजार हुँदै परिक्रमा गरिएको थियो ।
प्रदर्शन पछि भएको कोण सभामा आरम्भ साईन्स एंड कलचर क्लबका अध्येक्ष राम कुमार यादव, सिरहा युवा संजालका सदस्य शत्रु यादव, सनराइज युवा सिरहा संजालकी सचिब कन्चन शाह र अन्य सदस्यहरु समेत आफ्नो मन्तब्य राखेको थिए।
उक्त रैली सनराइज युवा सिरहा संजाल, आरम्भ साईन्स एंड कलचर क्लब ७ सिरहा युवा संजालक सहकार्यमा भएको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…