'छोरीप्रतिको समाजको नजरिया बदल्नु आवश्यक छ' : मेयर मण्डल
मेयर मण्डलले भने, ‘बाल विवाह हाम्रो समाजको ठूलो रोग हो । यसलाई रोक्न स्थानीय तहमा सामाजिक कानून नै निर्माण गर्छौ ।

२०७७ असोज २९ बिहीबार, बिहान ७:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डलले वर्तमान समाजमा रहेको छोरीप्रतिको नजरियालाई बदल्ने प्रयास गरेको बताएका छन् ।
बुधबार हँसपुर नगरपालिकाको वडा नं.२ मा कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गर्दै मेयर मण्डलले समाजमा अझै कायम रहेको छोरीप्रतिको दृष्टिलाई निरुत्साहित गर्न उनीहरुको नजरियामा परिवर्तन ल्याउनु आवश्यक रहेको बताए ।
समाजमा अझै छोराहरुलाई मात्र स्कूल पठाउने तथा छोरीहरु आधारभूत शिक्षा हाँसिलपछि विद्यालय जानबाट रोक लगाउने, पल्लो गाउँमा विद्यालय भए झन जान नदिने प्रवृतिलाई निरुत्साहित गर्न साईकल वितरण गरेको बताए । उनले अब पल्लो गाउँको विद्यालयसम्म जान पनि छोरीहरुलाई सहज हुने थपे ।
वडा नं. २ को बघचौडा स्थित उच्च माध्यमिक विद्यालयका ७४ जना छात्रालाई साइकल वितरण गरिएको छ । सोही वडाका वडाअध्यक्ष उदय कुमार साहको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा मेयर मण्डलले नगरपालिकालाई समृद्ध र शिक्षित नगरपालिकाको रुपमा विकास गर्ने प्रतिवद्धता जाहेर गरे ।
मेयर मण्डलले भने, – ‘निर्माण कार्यभन्दा बढी प्राथमिकता आफू विद्यालयको पूर्वाधार, शिक्षा सामाग्री, शौचालय लगायतमा दिएका छौं । शिक्षाको विकासले समाजको विकास हुन्छ र सामाजको विकासबाट गाउँको विकास निश्चित छ ।’
मेयर मण्डलले तत्काल यस नगरपालिका भित्र रहेको सबै समुदायिक विद्यालयको एउटै रंगको बनाउनका लागि ५० लाख रकम समेत छुट्याइएको बताएका छन् ।
मेयर मण्डलले भने, ‘बाल विवाह हाम्रो समाजको ठूलो रोग हो । यसलाई रोक्न स्थानीय तहमा सामाजिक कानून नै निर्माण गर्छौ ।’ बेटी बचाउन, बेटी पढाउन हाम्रो मुख्य नारा रहेको उनले जिकिर पनि गरे ।
साइकल वितरण कार्यक्रममा उपमेयर रेणु झा, विद्यालयका प्रधानाध्याक राम एकवाल ठाकुर, शिक्षा सँयोजक श्याम बाबु यादव, शिक्षक, अभिभावक तथा राजनीतिक दलका प्रतिनिधिहरु समेत आफ्ना विचार राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…