कोरोनामा काठमान्डौंका मनकारी घरधनी 'दिपु कार्की'
न्यूज ब्यूरो, जनकपुरधाम । काठमान्डौंमै कोरोनाको महामारीमा पनि भाडा सहुलितय नगरिदिँदा हजारौ व्यावासायी पलायन भएको समाचार सुनिरहँदा एक मनकारी घरधनीले एकवर्षकै लागि भाडा छुट गरिदिएका छन् । बहालमा बस्न एक वर्षको सम्झौतामा कोरोना महामारीलाई मध्यनजर गर्दै काठमान्डौंको सिनामँगलको त्रिभुवन विमानस्थल नजिकै र

२०७७ असोज २७ मंगलबार, दिउँसो ४:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । काठमान्डौंमै कोरोनाको महामारीमा पनि भाडा सहुलितय नगरिदिँदा हजारौ व्यावासायी पलायन भएको समाचार सुनिरहँदा एक मनकारी घरधनीले एकवर्षकै लागि भाडा छुट गरिदिएका छन् ।
बहालमा बस्न एक वर्षको सम्झौतामा कोरोना महामारीलाई मध्यनजर गर्दै काठमान्डौंको सिनामँगलको त्रिभुवन विमानस्थल नजिकै रहेको स्थानीय दिपु कार्कीले एक वर्षको बहाल भाडामा छुट सहुलियत दिएका छन् ।
महामारीमा पनि कैयौं घरधनीले भाडाबालालाई निकालेको, भगाएको, समान जफ्त गरेको समाचारहरु सुनिरहेको बेला कार्कीले उनको घरमा बहालमा लिएका जनकपुर बस्ने शिव शँकर प्रसाद सिँहलाई एक वर्षको भाडामा ५० प्रतिशत छुट गरिदिएका छन् ।
कार्कीको घरमा सिँहले सँचालन गर्दै आएको एक कार्यालय वापत सम्झौता रकमको ५० प्रतिशत रकम एक वर्षभरि नै नलिने घोषणा गरेका हुन् । एक वर्षको लागि भाडा छुट दिएपछि कार्यालयको तर्फबाट सँचालक सिँहले घरधनी दिपु कार्कीलाई समाजिक सँजाल मार्फत धन्यवाद दिँदै अन्य घरधनीले पनि यस्तो महामारीमा कार्कीबाट पाठ सिक्नुपर्ने लेखेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…