कक्षा १२ को परीक्षा छठलगत्तै लिने तयारी
भौतिक दूरी कायम राखेर तथा स्वास्थ्यका मापदण्ड पुरा गरेर मात्र परीक्षा लिने तयारी बोर्डको छ ।

२०७७ असोज २६ सोमबार, दिउँसो २:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । कोरोना कहरका कारण स्थगित कक्षा १२ को परीक्षा छठलगत्तै हुने भएको छ ।
सरकारले परीक्षा लिने बाटो खुलाइदिएपछि छठलगत्तै परीक्षा हुने गरी तयारी थालिएको हो । छठलगत्तै परीक्षा गर्ने गरी तयारी थालेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताएका छन् ।
परीक्षा तालिका र मोडालीटीबारे एक–दुई दिनमा निर्णय सार्वजनिक गरिने उनले बताए । बुधवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीनै तहले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना गरी परीक्षा सञ्चालनको स्वीकृति दिएको जानकारी दिएका थिए ।
मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयको सिफारिसमा आयोग, विश्वविद्यालय, बोर्ड, प्रतिठान र विद्यालयलाई सबै तहको परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो ।
कोरोना महामारी कम भएका जिल्लाहरुमा भौतिक दूरी कायम राखेर तथा स्वास्थ्यका मापदण्ड पुरा गरेर मात्र परीक्षा लिने तयारी बोर्डको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…