'यसपालिको चाडवाड घरमै बसेर मनाऔं'
भीडभाड हुने कुनै किसिमका कार्य नगर्न नगराउन समेत अनुरोध गरिएको छ ।

२०७७ असोज २५ आइतबार, राति ८:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले यसपालिका चाडवाड घरमै बसेर मनाउन आग्रह गरेको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जल्ला प्रशानसले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
भीडभाड हुने कार्यक्रम गर्ने अवस्था यसपालि नरहेको भन्दै घरमै सुरक्षित बसी चाड पर्व मनाउन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।
दशैं, तिहार, छठ पर्व लगायतका चाडहरु घरमै बसेर तथा शक्ति पीठहरुमा चढाइँदै आएको पशुबली सट्टा क्षमा पुजा गरी मनाउन सूचना मार्फत् आग्रह गरिएको छ ।
यस्तै, खेलकुदका कार्यक्रम, मेला, नाच लगायत भीडभाड हुने कुनै किसिमका कार्य नगर्न नगराउन समेत अनुरोध गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…