रौतहटको परोहा नगरपालिकाद्धारा १३ किलोमीटर कालोपत्रे सडक उपहार
न्यूज ब्यूरो, रौतहट । सडक सन्जाललाई सर्वव्यापी विकासको मेरुदण्ड मानिएको छ । नगर र रास्ट्रलाई सुन्दर अनि सहज बनाउने पहिलो पूर्वाधार सडक नै हो । प्रदेश नं.२ रौतहटको को परोहा नगरपालिकाले सडक निर्माण बाटै विकासको अभियान सुरु गरेको थियो । अहिले सडक बिकास र पुर्वाधारले विस्तारै विकासको अनुभूति गराउन थालेक

२०७७ असोज २५ आइतबार, दिउँसो ४:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । सडक सन्जाललाई सर्वव्यापी विकासको मेरुदण्ड मानिएको छ । नगर र रास्ट्रलाई सुन्दर अनि सहज बनाउने पहिलो पूर्वाधार सडक नै हो ।
प्रदेश नं.२ रौतहटको को परोहा नगरपालिकाले सडक निर्माण बाटै विकासको अभियान सुरु गरेको थियो । अहिले सडक बिकास र पुर्वाधारले विस्तारै विकासको अनुभूति गराउन थालेको छ ।
गाउँ वडा वडा सहित राजमार्ग जोड्ने कालेपत्रे सडक र ढलान सडक निर्माण भइसकेको छ । साबिक गाबिसहरूः बसन्तपट्टि, नरकटिया, लौकाहा, तेजापकड, जिङ्गडवा बेलविछवा र रामपुरखाप गरि बनेको नगरपालिकाले अर्को ठूलो योजनाको काम थालेको छ।
नगरपालिकाको गौरबको योजना अन्तर्गत १३ किलोमिटर कालेपत्रे सडक र वरिपरि बृक्षारोपन भइरहेको सडक सन्जाल आकर्षणको केद्रबिन्दु बनेको छ।पूर्वमा यमुनामाई गाउँपालिका देखि भारत को सिमाना पर्ने नरकटिया, रामपुर खाप सम्म यो सडक पुगेको छ ।
विकासको परिचय दिने मुख्य पूर्वाधार हो, सडक ।पालिकाको सबभन्दा लामो र ठूलो यो निर्माणधिन योजना यसै आर्थिक बर्समा समपन्न हुने मेयर शेख वकिलले बताए । चुनाबि घोषणा पत्रको बाचा पूरा गर्न उक्त बाटो निर्माण संगै बाटोको दुबै छेउमा सौन्दर्यकरण गर्न बृक्षारोपन र सबै हेरचार गर्ने कर्मचारी समेत राखेको बताए ।
विरेन्द्र राजमार्गबाट पश्चिम जिगडवा, तेजापाकड, पोखरीया, लौकाहा, भेडियाही गाउँ हुदै मोतिपुर नरकटिया बजार सम्म १३ किलोमिटर सडकमा १८ करोडको लागत लागेको मेयर वकिलले बताए । सडक सन्चाल सङ्गै शिक्षा ,स्वास्थ सुधारका लागि अहोरात्र खटेको बताए । मेयर वकिलले नगरको प्रत्येक वडामा बिधालय र स्वास्थ कार्यालयको भवन निर्माण कार्य द्रुत गतिमा अगाडि बढाएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…