अब हिलोमा हिडने अवस्था रहनेछैन : मेयर मण्डल
सो सडकमा बर्षायाममा हिलाम्य भइरहेको अवस्थामा स्थानीय जनप्रतिनीधिहरुको सक्रियतामा पिसिसि ढलान कार्य सुरु

२०७७ असोज २२ बिहीबार, बिहान ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डलले नगरवासीलाई अब हिलोमा हिडने अवस्था निकट भविष्यमै समाप्त हुने बताएका छन् ।
बुधबार हँसपुर नगरपालिका वडा नं. ८ मा पिसिसि ढलानको उदघाटन गर्दै मेयर मण्डलले नगरपालिका आन्तरिक किचलोका कारण केही तहसम्म कमजोर भएको अवस्थालाई चिर्दै अब विकास निर्माणमा लहर आउने दाबी गरे ।
उनले सबै जनप्रतिनीधि, राष्ट्रसेवक कर्मचारी र आम नागरिकबीचको सम्बन्ध सहित आन्तरिक किचलो पनि समाप्त भएको भन्दै नगरपालिकाको विभिन्न वडामा विकास निर्माणलाई पालिकावासीले अनूभूति गर्ने बताए ।
वडा नं. ८ झटियाही टोलमा २ सय ७५ मिटरको पिसिसि ढलानको उदघाटन गर्दै मेयर मण्डलले राजनीतिक कारणले धकेलिएको विकास निर्माणको कार्यलाई प्राथमिकता दिएर सोही गतिमा विकास निर्माण हुने बताए ।
झटियाहीमा स्थानीय राजे दर्जीको घरदेखि दुर्गा मन्दिरसम्म ३० लाख रुपैयाँको लागतमा २ सय ७५ मिटरको पिसिसि ढलान कार्य बुधबारदेखि सुरु गरिएको छ । सो सडकमा बर्षायाममा हिलाम्य भइरहेको अवस्थामा स्थानीय जनप्रतिनीधिहरुको सक्रियतामा पिसिसि ढलान कार्य सुरु गरिएको हो ।
सो क्रममा वडा नं. ८ का वडाध्यक्ष जीवछ मण्डलको विशेष उपस्थिति सहित स्थानीयहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…