ईन्सपेक्टर केसीलाई यदुकूहा ईलाकाबाट सम्मान सहित बिदाई
उनकै कार्यकालमा यदुकूहा बजारको विभिन्न ठाउँमा अस्थायी प्रहरी बिट स्थापना समेत गरिएको स्मरण

२०७७ असोज २२ बिहीबार, बिहान ७:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । करिब १५ महिनादेखि ईलाका प्रहरी कार्यालय यदूकुहामा रहेर सुरक्षाको प्रत्याभूति गराउँदै आएका प्रहरी नीरिक्षक (ईन्सेक्टर) दिपक बाबु केसीलाई सम्मान सहित बिदाई गरिएको छ ।
ईलाका प्रहरी कार्यालय यदुकूहामा रहुन्जेल सो ईलाकाको अपराधिक गतिविधिमा न्यूनिकरण गर्न सफल भएका ईन्सपेक्टर केसीलाई स्थानीय जनप्रतिनीधि र बुद्धिजीवी तथा व्यापारीहरुले भव्य सम्मान गरी बिदाई गरेका हुन् ।
बुधबार सम्मान तथा बिदाईको कार्यक्रम आयोजना गरी ईलाका प्रहरी कार्यालय यदुकूहाका निवर्तमान ईन्सपेक्टर केसीलाई बिदाई गर्दै नव ईन्सपेक्टर सँबित भण्डारीलाई स्वागत समेत गरिएको हो । सो क्रममा बोल्दै ईन्सपेक्टर केसीले करिब १५ महिनाको सेवामा यहाँका जनप्रतिनीधि, बुद्धिजीवी, व्यापारी वर्ग, युवावर्ग, जनसमुदाय, पत्रकार, महिला सँजाल, अधिकारकर्मी तथा सुरक्षाकर्मीहरुले अपेक्षाकृत रुपमा सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।
सम्मान तथा बिदाई कार्यक्रममा बोल्दै शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले ईलाका प्रहरी कार्यालय यदुकूहामा रहेसम्म यस भेकका आम नागरिकलाई सुरक्षाको प्रत्याभूमि दिलाएको भन्दै सम्मान सहित प्रशँसा गरे ।
उनले ईन्सपेक्टर केसीकै कार्यकालमा शहिदनगर नगरपालिकाको सहयोगमा मन्दिर निर्माण सहित अन्य भौतिक समाग्रीहरु समेत प्रदान गरेको स्मरण गराउँदै शहिदनगर नगरपालिकाभित्रको अपराधिक गतिविधिलाई हदैसम्म न्यूनिकरण गर्न सफल भएको भन्दै प्रशँसा गरे ।
ईन्सपेक्टर केसीले अबैद्य मदिरा नियन्त्रण, अवैद्य मासु विक्रि वितरणमा नियन्त्रण, तास जुवामा नियन्त्रण, डिजे नियन्त्रण, गाडी अभरलोडमा नियन्त्रण सहित उनकै कार्यकालमा यदुकूहा बजारको विभिन्न ठाउँमा अस्थायी प्रहरी बिट स्थापना समेत गरिएको स्मरण गराए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…