मिथिला बिहारी नपाको यी स्कूलमा करिब ८०० विद्यार्थीलाई शैक्षिक समाग्री
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिकाको एक समुदायिक विद्यालयमा अन्तराष्ट्रिय गैर सरकारी सँस्थाद्धारा करिब ८०० विद्यार्थीहरुलाई शैक्षिक समाग्री प्रदान गरिएको छ । मिथिला बिहारी नगरपालिकाको माध्यमिक विद्यालय पर्शुराम तलाउका ५ सय ९१ जना तथा चन्देश्वर आधारभूत विद्यालयका १ सय ९१ जना छा

२०७७ असोज २० मंगलबार, राति ९:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिकाको एक समुदायिक विद्यालयमा अन्तराष्ट्रिय गैर सरकारी सँस्थाद्धारा करिब ८०० विद्यार्थीहरुलाई शैक्षिक समाग्री प्रदान गरिएको छ ।
मिथिला बिहारी नगरपालिकाको माध्यमिक विद्यालय पर्शुराम तलाउका ५ सय ९१ जना तथा चन्देश्वर आधारभूत विद्यालयका १ सय ९१ जना छात्रछात्राहरुलाई शैक्षिक समाग्री प्रदान गरिएको हो । अन्तराष्ट्रि गैर सरकारी सँस्था चाईना फाउण्डेशनद्धारा सो शैक्षिक समाग्री प्रदान गरिएको हो ।
नगरपालिकाका मेयर अनिल कुमार यादवले नगरपालिकाको शिक्षा क्षेत्रमा शिक्षामुखी बजेट ल्याएर शिक्षा क्षेत्रलाई माथि उकास्न प्रयासरत रहेको बेला फाउण्डेशनले सो समाग्रीहरु सहयोग गरेको हो । मेयर यादव र उपमेयर अनिता कुमारी साहले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै शैक्षिक समाग्री प्रदान गरिएको छ ।
दुवै विद्यालयका ७ सय ८२ जनालाई शैक्षिक समाग्री प्रदान गरिएको मेयर यादवले जनाए । उनले आगामी दिनमा गैर सरकारी सँस्थाहरुलाई नगरपालिकाको विभिन्न विद्यालयहरुमा सहयोगको लागि अपिल गर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…