नगरपालिकाको नाममा करोडौंको फर्जी चेक, ठेकेदारबाटै ठगिए मेयर
न्यूज ब्यूरो, रौतहट । रौतहटको बिजयपुर फतुवा नगरपालिकालाई एक निर्माण सेवालाइ करोडौंको बाउन्स चेक दिई ठगि गरेको आरोप लागेको छ। नदीजन्य पदार्थ निकासीको लागि फतुवा बिजयपुर नगरपालिका संग सकार गरेको साह निर्माण सेबा मलङ्गवाले १ करोडको फर्जी चेक दिएको खुलेको हो।सम्झौता अनुरुप फतुवा बिजयपुर नगरपालिकामा खाता

२०७७ असोज १८ आइतबार, राति ९:०४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको बिजयपुर फतुवा नगरपालिकालाई एक निर्माण सेवालाइ करोडौंको बाउन्स चेक दिई ठगि गरेको आरोप लागेको छ।
नदीजन्य पदार्थ निकासीको लागि फतुवा बिजयपुर नगरपालिका संग सकार गरेको साह निर्माण सेबा मलङ्गवाले १ करोडको फर्जी चेक दिएको खुलेको हो।सम्झौता अनुरुप फतुवा बिजयपुर नगरपालिकामा खातामा रकम नभएको बैकको चेक धरौटी बापत राखेर सकार गरेका साह निर्माण सेबाले आठ महिना नदिजन्य पदार्थ निकासी गरेको मेयर गोपाल यादवको आरोप छ।
धरौटी बापत बुझाएको चेक नसाटिदा नगरपालिकाको राजश्व रकम डुब्ने खतरामा रहेको यादबले बताएका छन। नगरपालिकाले आफनो अधिनमा रहेको लालबकैया नदीबाट गिट्टीजन्य पदार्थ बिक्रि बितरणको लागि एक करोड ११ लाख रुपैयाँमा साह निर्माण सेवा मलङ्गवा लाई जिम्मा दिएको थियो ।
उक्त निर्माण सेबाका प्रोपाईटर नागेन्द्र साहले नगरपालिकाको नाममा खातामा पैसा नभएको सनराईज बैकको १ करोड रुपैयाको चेक दिएर ठुलो परिमाणमा गिट्टीजन्य पदार्थ निकासी गरेको खुलेको हो ।
कार्तिक देखी जेष्ठ मसान्त सम्म साह निर्माण सेबाका प्रोपाईटर नागेन्द्र साहले लालबकैया नदिबाट नदीजन्य पदार्थ ढुवानी गरेको मेयर यादवको भनाइ छ। मेयर यादबले निर्माण ब्यबसायीले खातामा पैसा नभएको चेक दिएपछि अनादार मुध्दा दर्ता गरिएको बताए।उधारोमानै गिट्टीजन्य पदार्थ निकासी भएको छ ।
तत्कालीन प्रमुख प्रसासकिय अधिकृत एव उप (सचिब सुरेन्द्र प्रधानको कार्यकालमा भएको यो टेन्डरको चौतर्फी आलोचना भइरहेको छ। हाल नगरपालिका हाक्दै आएका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार गुप्ताले अदालतमा मुद्दा चलेको बताए।आर्थीक बर्ष समाप्त भैसक्दा समेत रकम जम्मा नभएपछि नगरपालिकानै अन्यौलमा परेको छ ।
नगरपालिकासंग ठेक्का सम्झौताको फाईल समेत नरहेको उहाले बताए। बाताबरणीय प्रभाब मुल्याकन समेत नगरी नगरपालिकाले हचुवाको भरमा ठेक्का लगाएर निर्माण ब्यबसायी लाई दश प्रतिशत छुट दिएर १ करोड रुपैयाको चेक गत आर्थीक बर्षको फागुण महिनामा लिएको पाइएको छ ।
नगरपालिकाले टेण्डर स्वीकृत गरेपनि पट्टा बिनानै साह निर्माण सेबाले भने टेण्डर सकार गर्ना साथ दैनिक दर्जनौँ ट्रयाक्टर र टिपरमा राखेर ढुंङ्गा, गिटी, मिक्सग्रेभल र बालुवा ढुवानी गरेको नगरपाकिाले जनाएको छ ।यस बारे ठेकेदार साह सङ्ग सम्पर्क गर्न खोज्दा उहाँको टेलिफोन उठेन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…