१३ जनालाई ईटा भठ्ठामा पोलेर मारेको प्रकरणमा भठ्ठाका हेड मिस्त्री पक्राउ !
न्यूज ब्यूरो, रौतहट । राजपुर बमकाण्डका फरार अभियुक्त मध्ये ईटा पोल्ने भट्टाका हेड मिस्त्रीलाई आज (शनिबार) प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दाको फरार अभियुक्त रौतहट बौधिमाई नगरपालिका ४ का ५५ वर्षिय बद्री सहनीलाई २ नं। प्रदेश प्रहरी कार्यालयको टोलिले पक्राउ गरेको प्र

२०७७ असोज १७ शनिबार, दिउँसो ३:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । राजपुर बमकाण्डका फरार अभियुक्त मध्ये ईटा पोल्ने भट्टाका हेड मिस्त्रीलाई आज (शनिबार) प्रहरीले पक्राउ गरेको छ ।
कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दाको फरार अभियुक्त रौतहट बौधिमाई नगरपालिका ४ का ५५ वर्षिय बद्री सहनीलाई २ नं। प्रदेश प्रहरी कार्यालयको टोलिले पक्राउ गरेको प्रदेश २ का डिआइजी धिरज प्रताप सिंहले बताए । सहनीलाई प्रहरी टोलीले नेपाल भारत सिमानामा पर्ने बौधिमाई नपा ७ बडकी बंकुल बाट पक्राउ गरेको उनले बताए ।
पक्राउ परेका सहनी घटना हुँदाको अवश्थामा ईटा भट्टाको हेड मिस्त्री रहेको र उनले आफताब आलम र महताब आलमको निर्देशन बमोजिम बम विष्फोटमा घाइते तथा मृतकहरुलाई ईटा भट्टाको आगोको भुंग्रोमा हालेको स्वीकार गरेको डिआइजी सिंहले बताए ।
बमकाण्डमा पक्राउ परेका पूर्वमन्त्री 'आलम' सांसद पदबाट निलम्बित !
२०६४ चैत्र २७ गते राजपुर फरहदवामा रहेको नेपाली कागें्रसका पूर्वमन्त्री स्वर्गिय शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो । पहिलो संविधान सभा निर्वाचनको पूर्वसँध्यामा भएको सो विस्फोटमा परी मृत्यु भएका र घाइते भएकाहरुलाई नजिकैको ईटा भट्टामा लगेर पोलेको आरोपमा रौतहट क्षेत्र नं। २ का साँसद नेपाली काग्रेंसका नेता आफताब आलम अहिले कारागारमा छन । आलमलाई घटनाको १२ वर्ष पछि प्रहरीले २०७६ असोज २६ गते इद्रिस गेट अगाडि बाट प्रक्राउ गरेको थियो ।
आफताल आलमको घर नजिकैको सो स्थानमा विष्फोट हुदा केही व्यक्तिहरु घाइते भएका थिए । विष्फोटमा परि कति जनाको मृत्यु भएको वा कति व्यक्ति घाइते भएको यकिन भएको थिएन ।
तर सरुअठाका २४ वर्षिय त्रिलोक प्रताप सिंह र २२ वर्षिय ओसी अख्तरको मृत्यु भएको भन्दै दुवै जनाको परिवारका सदस्य श्री नारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोज विरुद्ध किटानी जाहेरी दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
संजय सहनी, रौतहट
संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…