बमकाण्डमा पक्राउ परेका पूर्वमन्त्री 'आलम' सांसद पदबाट निलम्बित !
पूर्वमन्त्रीसमेत रहेका आलमलाई सांसद सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने गरी निलम्बित भएका हुन् ।

२०७६ असोज २७ सोमबार, बिहान ८:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बम विस्फोट गराएको आरोपमा पक्राउ परेका कांग्रेस (पूर्व) सांसद मोहम्मद आफताब आलम संसद पदबाट निलम्बित भएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका आलमलाई सांसद सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने गरी निलम्बित भएका हुन् । आलम हिजोमात्र पक्राउ परेका थिए । आलाममाथि संविधानसभाको निर्वाचनमा २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा संलग्न भएको र बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप लाग्दै आएको थियो । आलाम नेपाली कांग्रेसबाट रौतहट २ मा निर्वाचित सांसद हुन् ।
नैतिक पतन देखिने फौजदारी अपराध भएकाले नेपालको संविधान र प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम सांसद पद निलम्बन सरह भएको हो । पक्राउ अवधिभर उनले सांसद सदस्यको हैसियतबाट कुनै काम गर्न नपाउने र प्राप्त हुने कुनै सेवा सुविधा उपलब्ध नहुने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…