सिरहाका कोरोना सँक्रमित कैदीबन्दीलाई स्याउ र हर्लिक्स
केहि दिनमै सबै कैदीबन्दीको पुनः कोरोन परिक्षण हुने समेत जानकारी दिए ।

२०७७ असोज १३ मंगलबार, दिउँसो ४:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको जेल (कारागार) मा रहेका कैदीबन्दीहरुलाई फलफूल तथा हर्लिक्स वितरण गरिएको छ ।
सिरहा जिल्ला कारागारमा अधिकांश कैदीबन्दीहरुलाई कोरोना सँक्रमण पुष्टि भएपछि उनीहरुको शारिरिक क्षमता बढाउन फलफूल तथा हर्लिक्स वितरण गरिएको हो । मँगलबार सिरहाका प्रमुख जिल्ला अधिकारीको अगुवाईमा कारागारका कैदीहरुलाई स्याउ र हर्लिक्स वितरण गरिएको हो ।
कारागारमा दुई आश्रितसहित पाँच सय ८७ जना कैदीबन्दीमध्ये २७ भदौमा कोरोना परीक्षणमा चार सय ८५ जना संक्रमित पुष्टि भएको हो ।
सँक्रमितहरुमा ईम्यूनिटी पावर बढाउनको लागि कैदीबन्दीहरुलाई पौष्टिक आहार स्याउ र हर्लिक्स वितरण गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई एक सय ५२ किलो स्याउ र ६ सय थान आधा किलोको हर्लिक्स उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी कणेलले जानकारी दिए।
संक्रमितहरूलाई पौष्टिक आहारको अभाव कमी महसुस भइरहँदा सिराहा नगरपालिकाले पौष्टिक आहारको व्यवस्थापन गरेको र साथै कारागारमा रहेका कोरोना संक्रमितको स्वास्थ्य निगरानी राख्न एकजना चिकित्सकसहित १० जना स्वास्थ्यकर्मीको टोली र एम्बुलेन्सको व्यवस्था पनि गरिएको उनले जानकारी दिए ।
केहि दिनमै सबै कैदीबन्दीको पुनः कोरोन परिक्षण हुने समेत जानकारी दिए । एक सय ५० जना कैदीबन्दी राख्ने क्षमता रहेको सिराहा कारागारमा चार गुणा बढी कैदीबन्दी राखिएको छ ।
यता, कारागारसँगै रहेको जिल्ला प्रशासन कार्यालयको पुरानो भवनलाई आइसोलेसन बनाउने काम भइरहेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…