सिरहामा सडक दुर्घटनामा परी महिलाको मृत्यु
न्यूज ब्यूरो, सिरहा । सिरहामा सडक दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका ७ पुरानो चोहर्वामा भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ गईरहेको स ६ प ३९९३ नम्बरको मोटरसाइकललाई पछाडीबाट अनटेस्ट पिकअप गाडीले ठक्कर दिँदा मोटरसाइक

२०७७ असोज ५ सोमबार, बिहान ११:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा सडक दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका ७ पुरानो चोहर्वामा भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ गईरहेको स ६ प ३९९३ नम्बरको मोटरसाइकललाई पछाडीबाट अनटेस्ट पिकअप गाडीले ठक्कर दिँदा मोटरसाइकलमै सवार छिनमस्ता गाउँपालिका ४ की ५५ वर्षीय ललितादेवी साहको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएकी उनलाई उपचारको लागि लहान लैजाने क्रममा बाटोमै मत्यु भएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमको लागि लहान पठाइएको छ भने गाडी प्रहरीको नियन्त्रणमा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…