रौतहटको ५ स्थानीय तहमा नयाँ हाकिम आउँदै
मन्त्रालयले पठाएको कर्मचारीलाई पनि हाजिर हुन निकै कठीनाइ हुने

२०७७ भदौ ३० मंगलबार, बेलुकी ७:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको ५ स्थानिय तहमा नया प्रमुख प्रशासकिय अधिकृतहरु आउने भएका छन् ।
संघीय मामिला तथा समान्य प्रशासनले गरेको निर्णय अनुसार रौतहट लगायत बिभिन्न जिल्लाहरुमा खाली रहेको स्थानिय तहमा नया प्रमुख प्रशासकिय अधिकृत खटाईएको हो ।
जिल्लाको गरुडा नगरपालिकामा शिवरंजन पौडेल,राजदेवी नगरपालिकामा राजन पौडेल,वृन्दावन नगरपालिकामा दुर्गा प्रसाद भुर्तेल,देवाही गोनाही नगरपालिकामा जगदीशचन्द्र सिवाकोटी र गढीमाई नगरपालिकामा शिवराम गेलाल आउने भएको जिल्ला समन्वय समिति रौतहटले जानकारी दिएको छ ।
यस अघि गरुडा नगरपालिकामा खानेपानीका ईन्जिनियर मुस्ताक आलम, बृन्दाबन नगरपालिकामा ईन्जिनियर नागेन्द्र यादब, राजदेबी नगरपालिकामा ईन्जिनियर संजय पाण्डे, देबाही गोनाही नगरपालिकामा स्थानीयका राजदेब राम,गढीमाई नगरपालिकामा नागेन्द्र यादवले निप्रमुख प्रशासकिय अधिकृतको जिम्मेबारी सम्हाल्दै आएका थिए ।
पछिल्लो समय मन्त्रालयले खटाएको कर्मचारीहरु सम्बन्धित पालिका आउने तर पहिला देखि खटिएको निमित्त र मेयर कै मिलिभगतमा हाजिर हुन नदिने खेल रौतहटमा हाबी छ।
अहिले मन्त्रालयले पठाएको कर्मचारीलाई पनि हाजिर हुन निकै कठीनाइ हुने स्थानीय बासीको भनाइ छ । यसप्रती समबन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…