गाउँपालिकाले अस्पताल सँचालन गरेपछि स्थानीयहरुमा खुसीयाली
न्यूज ब्यूरो, बारा । बाराको फेटा गाउँपालिकाले फेटा अस्पतालमा ल्याब, ओपिडी सेवा सहितको अस्पताल सञ्चालनमा ल्याएको छ । फेटा गाउँपालिकाको वडा नम्बर ३ फेटामा सञ्चालन रहेको उक्त अस्पतालमा एक कार्यक्रमवीच ओपिडी सेवाको गाँउपालिका अध्यक्ष अमिरीलाल प्रसादले उद्घाटन गरेका छन । अस्पतालबाट अबदेखि विभिन्न किसिमका
२०७७ भदौ २७ शनिबार, दिउँसो २:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको फेटा गाउँपालिकाले फेटा अस्पतालमा ल्याब, ओपिडी सेवा सहितको अस्पताल सञ्चालनमा ल्याएको छ ।
फेटा गाउँपालिकाको वडा नम्बर ३ फेटामा सञ्चालन रहेको उक्त अस्पतालमा एक कार्यक्रमवीच ओपिडी सेवाको गाँउपालिका अध्यक्ष अमिरीलाल प्रसादले उद्घाटन गरेका छन ।
अस्पतालबाट अबदेखि विभिन्न किसिमका टेस्टहरुको पनि गरिने छ । अस्पतालमा ल्याब सहित विभिन्न टेष्टहरु हुने भएपछि स्थानीयहरुलाई कलैया र वीरगञ्ज जानु जानुपर्ने समस्या हटेको छ ।
फेटा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उपेन्द्र साहको अध्यक्षता आयोजित उद्घाटन समारोहमा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य धन्नजय प्रसाद यादव, जसपाका केन्द्र नं. ४ का क्षेत्रिय अध्यक्ष रामएकबाल साह, फेटा अस्पतालका पूर्वइन्चार्ज जोखु प्रसाद साह, स्थानियबासीहरू लगायतको उपस्थिति रहेको थियो।
उक्त शुभारम्भ समारोहमा स्वागत मन्तव्य फेटा अस्पतालका इन्चार्ज शिवजी साहको रहेको थियो अने सञ्चालन मनोहर साहको रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
दिपेन्द्र जयसवाल
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…