न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको मुरलीचोकस्थित रहेको जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो ६ वर्षे यात्रामा १ हजारभन्दा बढी जटिल शल्यक्रिया सम्पन्न गरेको जनाएको छ । अस्पतालले जटिल प्रकृतिका शल्यक्रियामा करिब ९० प्रतिशत सफलता दर हासिल गरेको दाबी गरेको छ ।
अस्पतालका अनुसार स्थापना भएदेखि नै २४ घण्टा, सातै दिन बिरामीको उपचार तथा आपतकालीन सेवामा चिकित्सकीय टोली सक्रिय रहँदै आएको छ । विशेषगरी न्यूरोसर्जरी तथा जटिल प्रकृतिका बिरामीको उपचारमा अस्पतालले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको दाबी गरेको छ ।
अस्पतालले आफ्नो यात्रालाई केवल उपचार सेवासँग मात्र नभई जीवन बचाउने अभियानका रूपमा व्याख्या गरेको छ । गम्भीर अवस्थामा रहेका बिरामीका लागि चुनौतीपूर्ण मानिने जटिल शल्यक्रियासमेत उपलब्ध दक्ष जनशक्ति, प्रविधि र अनुभवका आधारमा गर्दै आएको अस्पतालको भनाइ छ ।
“जनताका लागि र परिवर्तनका लागि संस्था” भन्ने अवधारणासहित अघि बढेको जनकपुर न्यूरो अस्पतालले चिकित्सा विज्ञान र मानवीय सेवाबीचको सम्बन्धलाई प्राथमिकतामा राखेको जनाएको छ ।

६ वर्षको अवधिमा १ हजारभन्दा बढी जटिल शल्यक्रिया सम्पन्न हुनु अस्पतालको महत्वपूर्ण उपलब्धि भएको अस्पतालको दाबी छ । न्यूरोसर्जरीको क्षेत्रमा उपचार सेवा विस्तार गर्दै गम्भीर प्रकृतिका बिरामीलाई आफ्नै शहरमा विशेषज्ञ सेवा उपलब्ध गराउने प्रयास जारी रहेको अस्पतालका न्यूरो सर्जन डा. बिजय कुमार राउतले जानकारी दिए ।
अस्पतालका अनुसार उपचारका क्रममा देखिएका चुनौती, बिरामीको पीडा र सफल उपचारबाट प्राप्त खुसी नै यसको यात्राको प्रेरणा बनेका छन् । आगामी दिनमा समेत जटिल तथा गम्भीर प्रकृतिका बिरामीलाई गुणस्तरीय उपचार सेवा उपलब्ध गराउँदै चिकित्सा क्षेत्रमा थप योगदान गर्ने लक्ष्य अस्पतालले लिएको डा. राउतको भनाई छ ।
जनकपुरधाममा न्यूरोसर्जरी तथा जटिल उपचार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित अघि बढिरहेको अस्पतालले आफ्नो ६ वर्षे यात्रालाई सेवा, सीप, समर्पण र मानवीय संवेदनाको निरन्तरताका रूपमा प्रस्तुत गरेको भनाई डा. राउतको छ ।
बच्चा खेलाउँदै बाँदर
- २०८३ असोज २१ बुधबार
सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति ।
पूरा पढ्नुहोस्


