डिएसपी, इन्सपेक्टर गरी २० जना प्रहरी सहित ५८ जनामा कोरोना
स्वाव परिक्षण हुँदा रौतहट जिल्लामा आज ५८ जनामा कोरोना संक्रमित

२०७७ भदौ २४ बुधबार, बेलुकी ५:०२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लामा कार्यरत डिएसपी सहित २० जना प्रहरी कर्मचारीमा कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रपुर डिएसपी, दुई जना इन्सपेक्टर सहित कार्यरत गरी २० जना प्रहरी कर्मचारीमा कोरोना भाईरसको संक्रमण पुष्टी भएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रपुरमा कार्यरत डिएसपी, इन्सपेक्टर सहित २० जना प्रहरी कर्मचारी र सर्बसाधारण गरी ४१ जनाको संकलित स्वाबको पिसिआर परिक्षण हेटौडामा गरिएकोमा २० जना प्रहरी र ८ जना सर्बसाधारणमा कोरोना भाईरसको संक्रमण पुष्टी भएका छन् ।
संक्रमितहरु प्रहरी कर्मचारीलाई चन्द्रपुरको सहिद पार्कमा रहेका सुविधा सम्पन्न आईसोलेसन र होम आईसोलनमा राखिने प्रहरी श्रोतबाट बुझिएको छ । समुदायमा फैलदै गएको कोरोना भाईरसको संक्रमण दर रौतहटमा पछिल्लो समयमा बढदै गएको छ ।
प्रहरी ब्यारेक र कार्यालयमै कोरोना भाईरसको संक्रमण फैलिएपछि सो कार्यालयमा कार्यरत अन्य प्रहरी कर्मचारीको पनि कन्ट्याक ट्रेसिङ्गको आधारमा स्वाव परिक्षण गरिने जनाइएको छ ।
चन्द्रनिगाहपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेले प्रहरी सहित स्थानीयमा कोरोना भाईरसको संक्रमण रिपोर्ट प्राप्त भएको जानकारी दिए ।
हिजो मात्रै विरगंजमा गरिएको स्वावको पिसिआर परिक्षणमा ईलाका प्रहरी कार्यालय गरुडाका ७ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएपछि धरहरी स्थित आइसोलेसनमा राखिएको रौतहट प्रहरीका एसपी सिद्धीविक्रम शाहले बताए ।
इप्रका चन्द्रपुरलाई सेनेटाइज गरिने कार्य भईरहेको त्यहाँ कार्यरत अन्य प्रहरीको आजै स्वाव संकलन गरी पिसिआर परिक्षणको लागि पठाउने स्पष्ट पारे ।
आज विभिन्न ल्यावमा स्वाव परिक्षण हुँदा रौतहट जिल्लामा आज ५८ जनामा कोरोना संक्रमित भएको रिपोर्ट आएको छ ।
चन्द्रपुरमा २८, यमुनामाई गाउँपालिकामा १२ र दुर्गा भगवती गाउँपालिकामा १८ गर्री ५८ जना कोरोना संक्रमित भएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…